बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मीपूजामा बालेको मैनबत्तीबाट फैलिएको आगोले घर ध्वस्त

शुक्रबार, ०३ कात्तिक २०७४, १३ : ४९
शुक्रबार, ०३ कात्तिक २०७४

चाौतारा - लक्ष्मीपूजामा बालेको मैनबत्तीबाट फैलिएको आगोले सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका – ७ सानुसिरुवारीको मगुवामा एक घर ध्वस्त भएको छ । 

पसल रहेको घरमा हिजो बेलुका दीपाबली गरी अर्को घरमा खाना खान गएको समयमा पसलमा रहेका लत्ता कपडा, सामान तथा नगद रू दुई लाख ५० हजारसहित करिब रू ६ लाख बराबरको सामान जलेर नस्ट भएको पीडित संगम थापामगरले बताउनुभयो । 

भूकम्पपछि रु दुई लाख ऋण गरेर बनाएको टहरासहित सम्पूर्ण सामान ध्वस्त हुनुका साथै ग्यास सिलिण्डरसमेत विष्फोट भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप