चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई कलाकार संघको सहयोग
काठमाडौंँ । चलचित्र बिकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ युके शाखाको तर्फबाट सहयोग प्रदान गरिएको छ । कोषलाई केन्द्रीय कार्यालयको तर्फबाट ३०,००० र युके शाखाको तर्फबाट २५,००० सहयोग प्रदान गरिएको हो ।
संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्का र शाखा युकेका उपाध्यक्ष सुरेशराज पाठकले चलचित्र बिकास बोर्डमा पुगेर बोर्ड अध्यक्ष दयाराम दाहाललाई कोषका लागि रकम प्रदान गरेका छन् । बिपद ब्यबस्थापन कोषलाई संचारकर्मी स्वतन्त्र महर्जन र मोहन निरौलाले पनि आफ्नो ब्यक्तिगत तर्फबाट सहयोग गरेका छन् ।
उक्त अवसरमा चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालले भर्खरै गठन भएको चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई सक्रिय बनाउन कलाकार संघले रकम प्रदान गरेको आभार ब्यक्त गरे । दाहालले कोषका लागि बोर्डले पनि यसै बर्ष केही रकम निकासा गर्ने बताए ।
चलचित्रकर्मीलाई प्राकृतिक र अन्य कारणबाट बिपद पर्दा यो कोषबाट सहयोग हुने गरी चलचित्रका वर्गीय संस्थाहरूको सहभागितामा यो कोष चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको सक्रियतामा हालै मात्र गठन गरिएको हो । कोषमा चलचित्रका पेशागत संस्थाहरूको प्रतिनिधित्व रहेको संचालक समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, युरो, पाउन्ड स्टर्लिङ र सिङ्गापुर डलरको मूल्य बढ्यो
-
खराब लयबाट बाहिर निस्कँदै म्यान्चेस्टर युनाइटेड
-
ला लिगामा बार्सिलोनाको गोल वर्षा, भ्यालेन्सिया ७-१ ले स्तब्ध
-
अब स्वास्थ्य बीमा रकम पाँच लाख
-
दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमण, २२ जना मारिए, १२४ जना घाइते
-
ला लिगामा गेटाफे र रायो भायकानोलाई सफलता