शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पा काङ्ग्रेसबाट संघ र प्रदेशका उम्मेद्वार चयन

शुक्रबार, ०३ कात्तिक २०७४, १३ : ३८
शुक्रबार, ०३ कात्तिक २०७४

डोल्पा–डोल्पा काङ्ग्रेसका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारहरु चयन गरिएको छ ।
विहिबार नेपाली काङ्ग्रेस केन्द्रीय समितिले गरेको निर्णय अनुसार प्रतिनिधि सभाकालागि अंगत कुमार बुढालाई सर्वसहमत उम्मेद्वार चयन गरिएको हो ।
त्यसै गरि प्रदेश सभाको उम्मेद्वारको रुपमा प्रदेश नं ं१ बाट वेगम सिंह ठकुरी,प्रदेश नं २ बाट सुरेश बहादुर शाही सर्वसहमत चयन भएको बर्तमान डोल्पा जिल्ला पार्टी सभापती तथा प्रतिनिधि सभाका उम्मेद्वार बुढाले जानकारी दिए । 
राप्रपा नेपाल सँग चुनावी तालमेल गर्ने बताईए पनि अहिलेसम्म कुनै पनि प्रकारको छलफल नभएको सभापती बुढाको भनाई छ ।
प्रदेश नं २ बाट उम्मेद्वार भएका शाही दोस्रो संविधान सभाको चुनावमा काङ्ग्रेसबाट प्रत्यक्ष तर्फ चुनाव लडेपनि सफल भएका थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप