शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा बाम गठबन्धनः यस्ता छन् सम्भावित उम्मेद्वार

शुक्रबार, ०३ कात्तिक २०७४, १३ : ३५
शुक्रबार, ०३ कात्तिक २०७४

डोल्पा–डोल्पामा बाम गठबन्धन बीच चुनावी तालमेल हुने भएको छ ।
एमाले र माओबादी केन्द्र बीच हुने चुनावी तालमेल अनुसार प्रतिनिधि सभाका उम्मेद्वारको रुपमा पुर्व सांसद धन बहादुर बुढालाई शिफारिस गरिएकोे नेकपा एमाले जिल्ला कमिटी डोल्पाका सचिव नन्द सिंह बुढाले जानकारी दिए । 
त्यसै गरि प्रदेश सभाको उम्मेद्वारको रुपमा प्रदेश नं १ बाट नन्द सिंह बुढालाई सिफारिस गरिएको छ । तालमेल अनुसार यस क्षेत्रबाट माओबादीले उम्मेद्वार खडा नगर्ने माओवादी केन्द्र डोल्पाका जिल्ला ईन्चार्ज रामलाल बिकले जानकारी दिए । 
जिल्ला ईन्चार्ज बिकका अनुसार प्रदेश नं २ बाट माओबादी केन्द्रले बिर बहादुर शाहीलाई सम्भावित उम्मेद्वार बनाएको छ । 
माओबादी सँगको सहमती अनुसार यस क्षेत्रबाट भने एमालेले उम्मेद्वार खडा गर्ने छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप