शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा निर्वाचनका लागि यस्तो छ एमाले र माओवादीबीचको सिट बाँडफाँड

शुक्रबार, ०३ कात्तिक २०७४, १३ : २४
शुक्रबार, ०३ कात्तिक २०७४

काठमाडौं–आगामी मंसिर १० गते हुने  प्रदेशसभा निर्वाचनका लागि  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सिट बाँडफाँडमा सहमति भएको छ । 
 ३२ जिल्लाका  ७४ प्रदेशसभा सिटमध्ये एमालेले ४१ सिट पाएको छ भने माओवादीले ३३ सिट पाएको छ । 

सहमतिअनुसार एमालेले दोलखा (ख), रामेछाप (क) तथा (ख), रसुवा (क), ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, तथा खोटाङको (क) तथा संखुवासभा (क) मा उम्मेदवार उठाउनेछ । 

प्रदेशसभाका अरु जिल्लाहरु ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, तथा खोटाङ (क) मा पनि एमालेलेमात्रै उम्मेदवार उठाउनेछ  भने संखुवासभा (ख) सोलुखुम्बु (क) र (ख) तथा सिन्धुपाल्चोक २ को (ख) मा पनि  एमालेले उम्मेदवारी दिनेछ । 

यसैगरी नुवाकोट १ (ख), नुवाकाेट २ (क) लमजुङ (क) र (ख), धादिङ १ (क), धादिङ २ (क) तथा मनाङ (क) र (ख) दुबैमा एमालेको उम्मेदवारी रहनेछ । 

यसैगरी मुस्ताङको (क) र ख तथा म्याग्दी र गोरखा (ख) एवम् बागलुङ (क) मा पनि एमालेको उम्मेदवार रहनेछ । 

यस्तै बागलुङ २ (ख), डोल्पा( क), जुम्ला (ख),कालिकोट(क), जाजरकोट (क) र (ख) तथा मुगु (क) र (ख) मा पनि एमालेकै उम्मेदवार हुनेछन् । 
यसैगरी बझाङ(क), बाजुरा (क र ख), बैतडी (ख), दार्चुला (क) मा पनि एमालेको उम्मेदवार रहनेछन् र माओवादी केन्द्रले ती स्थानमा उम्मेदवार उठाउने छैन । 

यसैगरी माओवादी केन्द्रको प्रदेशसभामा भाग परेको ३२ सिटमा  नुवाकोट २ (ख), धादिङ १ ख) तथा धादिङ २ (ख) परेको छ ।  यसैगरी गोरखा १(क), गोरखा २

(क र ख) बागलुङ १ (ख), बागलुङ२(क) र म्याग्दी (क) पनि माओवादीको भागमा परेको छ । 

यस्तै रोल्पा (क र ख) , रुकुम पूर्व (क र ख), जुम्ला (क), कालीकोट (ख), हुम्ला (क र ख), रुकुम पश्चिम (क र ख), डोल्पा (ख), बझाङ (ख), बैतडी (क) र दार्चुला ख माओवादी केन्द्रको भागमा परेको छ । ति  स्थानमा एमालेको उम्मेदवार हुने छैनन् र माओवादी केन्द्रलाई सघाउने छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप