दराजको ‘बैंक डेज अफर’मा थप ३ बैंक समावेश, अनलाइन पेमेन्ट गर्दा १५% छुट
बिहीबार, ०३ असार २०७८, १९ : २९

काठमाडौं । दराजको ‘बैंक डेज अफर’मा थप ३ बैंक समावेश भएका छन् । दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी आज बिहीबारदेखि बैंक डेज अफर पुनः सुरु गरेको जनाएको छ ।
यस अफर मार्फत ग्राहकले कार्ड प्रि पेमेन्ट गरेमा १५% रु ५०%सम्मको छुट पाउन सक्ने पनि दराजले जनाएको छ । यी बैंकहरु दराजका ४ अन्य साझेदार बैंकहरू– सानिमा बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक, र स्टान्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ । दराज बैंक डेजमार्फत ग्राहकहरू हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छुटको मजा लिन सक्नेछन् ।
माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डबाहकहरूले हरेक बिहीबार दराज एपमार्फत विभिन्न छुट प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
-
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
-
सुशासन प्रवर्धनसम्बन्धी विधेयकमा दिएका ६ सांसदका विरोधका सूचना अस्वीकृत
-
गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन : उपाध्यक्ष श्रेष्ठ
-
अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र : तीनवटै सभाको परस्पर सम्बन्ध विकासमा प्रतिबद्धता
-
‘नेवार समुदायको चिहान कांग्रेस नेताले हडपे’