शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभाका लागि एमाले र माओवादीले यसरी गरे सिट बाँडफाँड

शुक्रबार, ०३ कात्तिक २०७४, १२ : १५
शुक्रबार, ०३ कात्तिक २०७४

काठमाडौं– आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सिट बाँडफाँडमा सहमति जुटेको छ ।

 सहमतिअनुसार प्रतिनिधिसभातर्फ १७ जिल्लामा एमालेले एकलौटी चुनाव लड्नेछ । जसमा  माओवादी केन्द्रले उम्मेदवार खडा  नगरी  सघाउने छ । यस्तै १२ जिल्लामा नेकपा माओवादी केन्द्रले एकलौटी रुपमा उम्मेदवार उठाउने छ भने  ती जिल्लामा एमालेको समर्थन रहनेछ । 

यस्तै ३ जिल्ला दुई पार्टीले भागबण्डा गरेका छन् ।   भाडबण्डा गरिएका जिल्लाहरु मध्ये सिन्धुपाल्चोक–२, नुवाकोट–२ र बागलुङ–१ मा एमालेले  आफ्नो उम्मेदवार उठाउने छ । यस्तै नुवाकोट १ सिन्धुपाल्चोक १ बागलुङ २ मा माओवादी केन्द्रले आफ्नो उम्मेदवार उठाउने छ ।  

माओवादीको समर्थनमा एमालेले एकलौटी रुपमा उम्मेदवार उठाउने जिल्लामा डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी, दार्चुला, मनाङ, मुस्ताङ, म्याग्दी, पाँचथर, संखुवासभा, ओखरढुंगा, खोटाङ, दोलखा, रसुवा र धादिङ रहेको छ । 

यस्तै  एमालेको समर्थनमा माओवादीले  एकलौटी रुपमा उम्मेदवार खडा गर्ने जिल्लामा भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, गोरखा, रोल्पा, रुकुम पूर्व, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, र पश्चिम रुकुम रहेको छ । 

मंसिर १० गते ३२ जिल्लामा निर्वाचन हुन लागेको हो । 

 

प्रदेशसभा निर्वाचनका लागि यस्तो छ एमाले र माओवादीबीचको सिट बाँडफाँड

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप