मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा २ लाख ११ हजार मतदाता

शुक्रबार, ०३ कात्तिक २०७४, १२ : ११
शुक्रबार, ०३ कात्तिक २०७४

तनहुँ – तनहुँबाट प्रतिनिधि र प्रदेश सभामा दुई लाख ११ हजार दुई सय ५६ मतदाता सहभागी हुने भएका छन् । 

चार नगरपालिका र ६ गाउँपालिका रहेको तनहुँमा स्थानीय तहमा एक लाख ९४ हजार चार सय ७१ मतदाताले मतदान गरेका थिए । 

निर्वाचन कार्यालय तनहुँले फोटो सहितको मतदाता संकलन गरेपछि १६ हजार सात सय ८५ थपिएर दुई लाख ११ हजार दुई सय ५६ मतदाता पुगेको छ । यस अघि तीन निर्वाचन क्षेत्र भएकोमा निर्वाचन निर्धारण आयोगले दुईवटा निर्वाचन क्षेत्र कायम गरेको तनहुँमा चार प्रदेश सभा रहेका छन् । निर्वाचन क्षेत्र नं.१ अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा एक लाख ५ हजार पाँच सय एक र क्षेत्र नं.२ अन्तर्गत एक लाख पाँच हजार सात सय ५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । 

त्यसैगरी निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ मा ५७ हजार ६ सय ४८ र प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ मा ४७ हजार ८ सय ५३ मतदाताले मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नं.२  अन्तर्गतकै प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ मा ५६ हजार ८९ र प्रदेश सभा निर्वाचन क्षेत्र नं.२ मा ४९ हजार ६ सय ६६ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचन अधिकारी बाबुराम घिमिरेले जानकारी दिए ।

आसन्न निर्वाचनको लागि अहिले तनहुँ बाट नौ सय जना म्यादी प्रहरी भर्ना गर्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  निर्वाचन सुरक्षाको लागि जिल्लामा रहेको नेपाली सेनासमेत तैनाथ हुने र नेपाल प्रहरीको अहिले कायम रहेकोभन्दा दोब्बर बढी प्रहरी थप हुने तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । कात्तिक ५ गते प्रत्यक्षतर्फको उम्मेदवारको उम्मेदवारी दर्ता भएसँगै निर्वाचन सुरक्षा मजबुत बनाउन सुरक्षा अवस्था हेरेर सशस्त्र प्रहरीसमेत जिल्ला ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी रितेश शाक्यले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप