शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट असईको मृत्यु

बिहीबार, ०३ असार २०७८, १७ : १७
बिहीबार, ०३ असार २०७८

कोरोना संक्रमणबाट महोत्तरीमा एक प्रहरीको मृत्यु भएको छ । महोत्तरीको भंगहा नगरपालिकास्थित प्रहरी चौकीमा कार्यरत ४० वर्षीय प्रहरी सहायक निरीक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

सुरुमा जानकी हेल्थ केयरमा उपचार गराइरहेका उनको पछि प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भैरहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप