बिहीबार पनि आएन नेप्सेमा सुधार, थप १.२९ अंकको गिरावट
बिहीबार, ०३ असार २०७८, १६ : २०
![बिहीबार पनि आएन नेप्सेमा सुधार, थप १.२९ अंकको गिरावट](https://rpcdn.ratopati.com/media/albums/Nepal_Stok_exchange_nepse_kONCD2YSWm.jpg)
गत बुधबार एकैदिन ५२.४१ अंकले घटेर २९६९.६९ बिन्दुमा ओर्लिएको नेप्सेमा सुधार आउन सकेन । नेपाल स्टक एक्सचेन्ज –नेप्से) का अनुसार आज बिहीबार थप नेप्से परिसूचक १.२९ अंकले घटेर २९६८.४३ विन्दुमा झरेको हो ।
साताको अन्तिम कारोबार दिन समेत रहेको आज २२३ कम्पनीका २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर १ लाख २४ हजार ५६१ पटक किनबेच हुँदा कुल १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको कारोबार भएको छ ।
यस दिन होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स,जीवन बीमा, निर्जीवन बीमा बाहेकका सबैजसो समूहहरु ऋणात्मक भएका छन् । गत मंगलबार धितोपत्र बोर्डले अनैतिक गतिविधि गर्दै सेयर बजारमा चलखेल गरेको भन्दै ५१ कम्पनीको नामावली सार्वजनिक गरेसँगै सेयर बजारमा क्रमिक रुपमा गिरावट आएको लगानीकर्ताहरुको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु