मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्राकृतिक विपत्ति : देउवा–प्रचण्डसहितका ५ नेताद्वारा सरकारको आलोचना

बिहीबार, ०३ असार २०७८, २१ : ००
बिहीबार, ०३ असार २०७८

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ५ दलका ५ नेताले प्राकृतिक विपत्तिको सामनामा उदासिनता देखिएको भन्दै सरकारको आलोचना गरेका छन् । प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवार पन देखाएको उनीहरुले बिहीबार संयुक्त वक्तव्य जारी गरेर बताएका हुन् । 

विज्ञप्तिमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । यस्तै बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन उनीहरुले सरकारसँग माग गरेका छन् । 

यस्तै गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडितलाई सहयोग पु¥याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई आह्वान समेत गरिएको छ । विज्ञप्ति जारी गर्नेमा देउवा–प्रचण्डसहित एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप