शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घनश्याम भुसाललाई सङ्गीन सवाल

शुक्रबार, ०३ कात्तिक २०७४, ११ : ४७
शुक्रबार, ०३ कात्तिक २०७४


घनश्याम भुसाल नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय उपसचिव हुन् । उनका सैद्धान्तिक विषयगत आलेखहरू  पार्टी निर्णय र सिद्धान्त अनरूप हुनुपर्ने हो । तर बौद्धिक वैचारिक युवा नेताका रूपमा परिचित भुसालका कतिपय आलेख र अभिव्यक्तिहरू पार्टी नेतृत्व तहका जस्ता लाग्दैनन् । उनी त आफूले महाधिवेशनमा निर्माण गरेको र सकारेको सिद्धान्तका प्रतिकूल पनि देखिन्छन् । उनका कतिपय आलेखमा  वैचारिक विचलन स्पष्ट देखिन्छ  । तथ्यबाट सत्य केलाउनुभन्दा स्थान, मान र मन अनुसार आलेख र अभिव्यक्त गर्ने विशेषता भुसालमा रहेको छ । लेखक तथा विचारक मुमाराम खनालले समेत भुसालको आत्मकेन्द्रित बौद्धिक गतिविधिको बेलिबिस्तार एक टीभी मार्फत् उल्लेख गरेका थिए ।  कान्तिपुर दैनिक पत्रिकामा २०७४ साल असोज २४ गते प्रकाशित भुसालको ‘कम्युनिस्ट एकता : कस्तो र कसरी ?’ नामको लेखमा उल्लेख भएका कतिपय सैद्धान्तिक वैचारिक  विचलनलाई आधार बनाएर यो टिप्पणीमूलक लेख लेखिएको हो । 

भुसालले एमाले पार्टीले माओत्से तुङले चिनियाँ विशेषताअनुसार समाजवाद प्राप्तिको एउटा आधार शिविरका रूपमा नयाँ जनवादी क्रान्ति अर्थात् पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने नीति तथा कार्यक्रम अपनाए । यसैको सार तत्वलाई सुरक्षित राखेर  सकेसम्म शान्तिपूर्ण तथा बहुदलीय राजनीतिक प्रतिस्पर्धाबाट नयाँ जनवादी क्रान्ति पूरा गर्ने नीतिमा दृढ एमाले पार्टीले माओ विचार धारा छोडेको पनि तीन दशक भइसक्यो भनेका छन् भुसालले । एमालेले अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिअनुसार शान्तिपूर्ण रूपमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने विचार र तदनुसार व्यवहार गरेका आधारमा  माओ विचारधारा त्यागेको भन्न मिल्छ ? के शान्तिपूर्ण आन्दोलन र अभियानका आधारमा समाजवादको प्राप्ति गर्ने र त्यसअनुसार सफलता हासिल हुँदा माक्र्सवाद छाडेको भन्न सुहाउँछ ? भुसालले एमाले पार्टी चाहिँ शान्तिपूर्ण, संसदीय उतार चढाव, हार जित, प्राप्ति अप्राप्तिका असन्तुष्टिका साँचोमा ढालिएको छ भन्नु पार्टीले लिएको अग्रगमनको सुस्पष्ट नीति, कार्यनीति, कार्यदिशा र रणनीतिक लक्षसित किमार्थ मेल खाँदैन । भुसालले भनेझैँ एमाले संसदीय खेलखालमा मात्र रमाएको र सीमित रहेको पार्टी हो र ? त्यसैगरी भुसालले लेखमा नेपालमा  नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेको थियो । त्यसैले एमालेले नयाँ जनवादी सिद्धान्त समाइरहनु घोर  असङ्गति हुन्थ्यो भन्दै वस्तुतः नेपाली समाज पुँजीवादी भइसकेको थियो भनेका छन् । पार्टीको नवौँ महाधिवेशनको दस्तावेजले यसमा विसद् तथा सुस्पष्ट व्याख्या र विश्लेषण पश्चात् नेपाली समाज प्रारम्भिक प्रकारको पुँजीवादी समाजमा रूपान्तरित भएको छ (राजनीतिक प्रतिवेदन पृ.९७) भनेको देखिन्छ । तर भुसाल यसको ठीक विपरीत नेपाल मूलतः पुँजीवादी भइसक्यो भन्छन् । उनी २०६२–०६३ पछि राजतन्त्र समूल समाप्ति भएपछि नयाँ जनवादी क्रान्ति सम्पन्न भएको हुँदा अर्थात् नेपालको सन्दर्भमा बहुदलीय

भुसालले शान्ति प्रक्रिया खासगरी सत्य निरूपण तथा मेलमिलाप नटुङ्गिएको अवस्थामा माओवादीमाथि खतराको तरबार झुण्ड्याइरहेर नाजायज भयदोहन (ब्ल्याकमेलिङ) गर्ने नानाथरि शक्तिको तानातानीमा परेका कमरेड प्रचण्डले कमरेड केपी शर्मा ओलीबाट पनि भरोसा नपाएको महसुस गरे र सरकारबाट बाहिरिने निर्णय गरे  भन्दै ओली उपर नयाँ फतुर थोपर्न खोज्छन्  । तर यसभन्दाअघि एक एमाले वरिष्ठ नेताले एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार  र एलाइन्स ओलीले टुटाएको गम्भीर आरोप पार्टी बैठकमा लगाए  ।

जनवादी क्रान्ति पूरा भएको हुँदा अहिले एमाले पार्टी हिजोको जनताको बहुदलीय जनवादी नरहेको उद्घोष गर्छन् लेखमा । कतिपय पार्टी कार्यकर्ताका प्रशिक्षणहरूमा खुल्ला र घुमाउरो पारामा जनताको बहुदलीय जनवादका १४ सूत्र पूरा भएको भन्दै यसको सान्दर्भिकता र औचित्यमा खुल्ला प्रश्न खडा गर्ने भुसाल यस लेखमा उनले अलि घुमाउरो जबजका बारेमा द्विअर्थी भाषा प्रयोग गरेका छन् । समाजवादको प्राप्ति र विकासमा  जबजले निर्देश गरेको मौलिक प्रस्थापना र प्रतिस्पर्धाको राजनीतिलाई भ्रमित पार्न खोजेको देखिन्छ । एकताका एमाले नेता कसैले पनि हालसम्म नसकेको काम आफू गरेर देखाउने अर्थात्  जबजलाई सिद्धान्त बनाइदिन्छु भन्ने भुसाल विगत पार्टी बैठकमा २३ बुँदे ओली आरोप  फेहरिस्तमा जबज के कसरी सिद्धान्त हुन गयो ? त्यसको औचित्य र परिभाषा पार्टीले स्पष्ट नपारेको गनगन बेसाउँछन् । भुसाल आफैँसहित लिखित तथा पारित  राजनीतिक प्रतिवेदन पृ.११९ देखि १३६ सम्म जबजको विकास क्रम र सिद्धान्त सन्दर्भ सविस्तार उल्लेख गरिएको चटक्कै  बिर्सिएर  उनी नयाँ चटक प्रस्तुत गर्छन् । सिद्धान्त भनेको विचार, तर्क र अनुभवद्वारा स्थापित, प्रमाणित विचार, शृङ्खला हो भन्ने कुरा जगजाहेर विषय हो भन्ने कुरा भुसाललाई थाहा नभएको भने होइन  । तर तिललाई ताड बनाएर कतिपय न्यून चेतका कार्यकर्तालाई भ्रमित पारेर आफू कथित विचारको केन्द्र बन्न  उनले जानीजानी भ्रमहरू बेलाबेला छर्ने गरेका छन् ।  

भुसालले शान्ति प्रक्रिया खासगरी सत्य निरूपण तथा मेलमिलाप नटुङ्गिएको अवस्थामा माओवादीमाथि खतराको तरबार झुण्ड्याइरहेर नाजायज भयदोहन (ब्ल्याकमेलिङ) गर्ने नानाथरि शक्तिको तानातानीमा परेका कमरेड प्रचण्डले कमरेड केपी शर्मा ओलीबाट पनि भरोसा नपाएको महसुस गरे र सरकारबाट बाहिरिने निर्णय गरे  भन्दै ओली उपर नयाँ फतुर थोपर्न खोज्छन्  । तर यसभन्दाअघि एक एमाले वरिष्ठ नेताले एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार  र एलाइन्स ओलीले टुटाएको गम्भीर आरोप पार्टी बैठकमा लगाए  । यस कुराको खण्डन  केन्द्रीय उपाध्यक्ष प्रखर नेता भीम रावलले नै गरेपछि ओलीउपर अर्को कृत्रिम आरोप अस्त्र भुसालले सिर्जना गरेको स्पष्ट हुन्छ । प्रचण्डलाई यस्तो डर त अहिले पनि होला  अनि तालमेल र एकताले सार्थक रूप लेला त भुसालजी ? आफू आफ्नो प्रतिभा, क्षमता, योग्यता र इमानदारिताका कारण अग्लो हुने होइन, प्रतिभाशाली र प्रभावशाली सक्षम सहयोद्धाको खुट्टा तानेर आफू अग्लो देखिने क्रोनिक रोग एकाध एमाले नेतामा रहेको देखिन्छ । तर रोगीमाथि डाक्टरको निगरानी हर्दम रहने व्यहोेरा यो लेखक अगाह गर्छ, नत्र यसले जनताको अपूर्व त्याग र बलिदानबाट प्राप्त हालसम्मको आन्दोलनको उपलब्धिमा औँसाहा पार्नसक्छ । छिद्र खोजीखोजी हिँड्ने, छिद्र नभेटे जोरजबर्जस्ती छिद्र पार्ने त्यसलाई भ्वाङ पारेर रोइलो गरेर तमासा गर्ने प्रवृत्तिको पुरावृत्ति भुसालको यस लेखमा देखिन्छ ।  

भुसालले  लेखमा एकातिर नयाँ जनवादी क्रान्ति अर्थात् बहुदलीय जनवाद मूलभूत रूपमा पूरा भयो भन्छन् भने अर्कातिर अहिलेको कार्यभार भनेको राष्ट्रिय पुँजीको विकास गर्नु हो भन्दै परस्पर विरोधी विचार प्रवाह गर्छन् ।   नयाँ जनवादी क्रान्ति रातारात र केही दिनमा पूरा हुने क्रान्ति हो र ? यस क्रान्तिका पनि विभिन्न चरणहरू हुँदैनन् ? अहिले नयाँ जनवादको पहिलो चरण वा राजनीतिक चरण मात्र पूरा भएको अवस्था हो । यो भनेको कम्युनिस्टको भाषामा उपरी संरचनामा अर्थात् मात्रात्मक परिवर्तन मात्र भएको हो ।  तर आधारभूत संरचना मूलतः अर्ध सामन्तवादी नै रहेको छ ।  अब नयाँ जनवादी क्रान्तिको अर्को चरण भनेको आर्थिक औद्योगिक क्रान्ति पूरा गर्नु हो । त्यो पनि परम्परागत पुँजीवादी होइन, जनवादी वा जनपक्षीय पुँजीवादी हो । पार्टी दस्तावेजमा आज हामीले लागू गर्ने

जननेता मदन भण्डारीले कम्युनिस्ट आन्दोलनमा समाजवाद स्थापना गर्ने हतारोबाट उत्पन्न समस्या पुनः नदोहोरियून् भन्ने ध्यउन्नाका साथ राँटो नराखी मेलैसित  खेतबारी जातेझैँ समाजवाद स्थापना र विकास गर्ने कुरामा विशेष ध्यान कन्द्रित गरेका हुन् तर जबजका सही सत्य तथ्य पक्ष र प्रसङ्गहरू भुसाल सही रूपमा उल्लेख गर्नै चाहँदैनन् । नवौँ महाधिवेशनले समेत जनताको बहुदलीय जनवाद मार्फत् समाजवादको प्राप्ति, सुदृढीकरण साम्राज्यवादको शोषण उत्पीडनबाट नेपाली जनता र नेपाल राष्ट्रलाई मुक्त गर्ने कार्यभार पूरा गर्ने भनिएको छ र वास्तविकता पनि यही हो ।

कार्यक्रमको अन्तरवस्तु पुँजीवादी जनवादी हो, समाजवादी होइन, उत्पादक शक्तिको पर्याप्त विकास नभईकन समाजवादी कार्यक्रम लागू गर्न सकिन्न । त्यसैले  आजका कार्यभारको मुख्य आधार उत्पादक शक्तिको विकास हो  र राष्ट्रिय पुँजीको पर्याप्त विकास हो भनिएको छ (राजनीतिक प्रतिवेदन पृ. १३६) । यसो भयो भने मात्र आम जनतालाई रोजगारी उपलब्ध गराउन सकिन्छ ।   कम्तीमा यी काम पूरा गर्न दुई दशक लाग्नेछ ।  अझ परिवर्तित अवस्था र व्यवस्थाअनुसार सांस्कृतिक निर्माण पुनः निर्माण गर्न सकिएन भने प्राप्त नयाँ व्यवस्था, सत्ता र सरकार तासको घरझैँ ढल्छ र ढलेको छ । रुसमा समाजवाद ढल्दा त्यसको समर्थन र बचाउमा चरोमुसो पनि सडकमा देखा परेन । कारण प्रगतिशील संस्कृति, सांस्कृतिक रूपान्तरण, व्यवस्था अनकूल सांस्कृतिक निर्माण र प्रवर्धनको विषय त्यहाँ निख्लाम थियो  । अहिले नेपालमा एउटा राजा वा राजतन्त्र समाप्त पारेर दश राजा पाल्नुपरेको भन्ने जनताको जुन परोक्ष वा प्रत्यक्ष आक्रोष र विरोध देखिन्छ । त्यसको कारण अधिकांश वाम नेताहरूमा देखापरेको हुबहु  राजसी प्रवृत्ति, बानी, व्यवहार,  सिको  र नक्कल हो । यस्ता नेताहरूको स्वस्थ्य आलोचना गर्दा कार्यकर्ताले के–कस्तो खत र बात व्यहोर्नुपर्ने हो, त्रासको अवस्था देखिन्छ । जबजले निर्देश गरेको प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण र त्यसको उपयोग गर्ने कुरा  कतिपय नेतालाई घाँडो भएको हुनसक्छ । भुसालले पनि यस लेखमा जनवादी क्रान्तिको सारतत्व सांस्कृतिक रूपान्तरणलाई पूरै उपेक्षा गरेका छन् । समाजको आमूल रूपान्तरणमा महानतम भूमिका निर्वाह गर्ने प्रगतिशील तथा लोकतान्त्रिक संस्कृतिलाई सर्वथा उपेक्षा गरेर नयाँ जनवादी क्रान्ति खोटो हुनेछ र खोटो सिक्कालाई मन, वचन र कर्मले कसैले काँध हाल्दैन तर सामन्तवादी संस्कृतिको संरक्षणका लागि भोको जनता पनि मर्न र मिट्न तयार हुन्छ । सामन्तवादमा रमाएर र पुँजीवादमा रत्तिएर नयाँ जनवादलाई त स्थापित गर्न सकिन्न । त्यस हिसाबले समाजवाद किमार्थ आउँदैन । कदाचित आयो भने पनि त्यो बालुवाको घर बराबर हुन्छ । 

भुसाल समाजवाद स्थापना र निर्माणको मलिलो आधार भूमि निर्माण नै गरी समाजवाद ल्याउने हतारोमा देखिन्छन् ।  जबजले अहिलेको पहिलो काम पुरानो व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा लाग्ने अवधि  मानिएको छ र दोस्रो नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने अवधि र तेस्रो अवधि चाहिँ समाजवादमा सङ्क्रमणका निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने भनेर स्पष्ट किटान गरिएको छ । जननेता मदन भण्डारीले कम्युनिस्ट आन्दोलनमा समाजवाद स्थापना गर्ने हतारोबाट उत्पन्न समस्या पुनः नदोहोरियून् भन्ने ध्यउन्नाका साथ राँटो नराखी मेलैसित  खेतबारी जातेझैँ समाजवाद स्थापना र विकास गर्ने कुरामा विशेष ध्यान कन्द्रित गरेका हुन् तर जबजका सही सत्य तथ्य पक्ष र प्रसङ्गहरू भुसाल सही रूपमा उल्लेख गर्नै चाहँदैनन् । नवौँ महाधिवेशनले समेत जनताको बहुदलीय जनवाद मार्फत् समाजवादको प्राप्ति, सुदृढीकरण साम्राज्यवादको शोषण उत्पीडनबाट नेपाली जनता र नेपाल राष्ट्रलाई मुक्त गर्ने कार्यभार पूरा गर्ने भनिएको छ र वास्तविकता पनि यही हो । तर भुसाल उपयुक्त पार्टी सिद्धान्त, कार्यनीति र कार्यदिशाका ठीक विपरीत देखिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप