शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाजुभाइ नहुने अभिनेत्रीको यस्तो हुने छ भाइटीका

शुक्रबार, ०३ कात्तिक २०७४, ११ : ३८
शुक्रबार, ०३ कात्तिक २०७४

दशैँपछिको अर्को ठूलो पर्व हो तिहार । तिहार अहिले सम्पूर्ण नेपालीको घरदैलोमा प्रवेश गरिसकेको छ । कागतिहारदेखि भाइटीकासम्म पाँच दिन मनाइने यो तिहारलाई दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा लिइन्छ । दिदीभाइ तथा दाजुबहिनीको विशेष यो पर्वको विषयमा हामीले दाजुभाइ नहुने केही नेपाली अभिनेत्रीहरूलाई तिहार कसरी मनाउँदै हुनुहुन्छ भनेर प्रश्न गरेका थियौँ । जान्नुहोस् दाजुभाइ नहुने अभिनेत्रीको तिहार कस्तो हुँदोरहेछ ः

संचिता लुइटेल 
संचिता लुइटेल पनि दाजुभाइविहीन अभिनेत्री हुन् । घरमा जेठो सन्तानको रूपमा रहेकी उनका दुई बहिनीहरू सिवानी र समिता छन् । दाजुभाइ नभए पनि उनले प्रत्येक वर्षको तिहार विषेश तरिकाले मनाउने गरेकी छन् । यस वर्षको पनि विषेश हुने उनले सुनाइन् । लक्ष्मी पूजाको दिन बिहानैबाट व्यस्त हुने उनलाई यो दिन देउसीभैलो खेल्न आउनले निम्तो बठाएका छन् । लक्ष्मी पूजाको दिन ११ बजेबाटै आफ्नो घरमा देउसी भैलो सुरु हुने उनले बताइन् । गोवद्र्धन पूजाको दिन पनि आफ्नो घरमा देउसी भैलो चल्ने बताएकी संचिताको भाइटीका भने अन्यभन्दा फरक हुनेछ । दिदीबहिनीबीच एकअकोलाई टीका लगाएर भाइटिका उनले मनाउने छिन् । त्यसो त उनले अहिलेसम्म कसैलाई दाजुभाइ नबनाएको भने होइन् । केही दाजुभाइ बनाएकी छन् । ती दाजुभाइलाई टीकाको दिन उनी फोनबाटै शुभ–कामना दिने गर्छिन् । एक वर्ष टीका लगाएर अर्काे वर्ष टीका लगाउन पाइएन भने आफूलाई र दाजुभाइ दुवैलाई खल्लो महशुस हुने भएकाले बनाएको दाजुभाइलाई आफूले टीका नलगाएको संचिताले सुनाइन् ।

पूजा शर्मा 
‘प्रेम गीत’ र ‘म यस्तो गीत गाउँछुकी’ अभिनेत्री हुन् पूजा शर्मा । केही चलचित्र अभिनय असफलतापछि बल्ल सफलता हात पार्न थालेकी पूजा आमाबाबुकी एक्ली सन्तान हुन् । भिजे हुँदै अभिनयमा भित्रिएकी पूजा पनि दाजुभाइ नभए पनि तिहार विषेश लाग्ने बताउँछिन् । तिहार विषेश लागे पनि यो वर्ष उनी तिहार मनाउँदिनन् । घरमा जुठो परेकाले तिहार नमनाउने मुड बनाएको उनले बताइन् । विगतका वर्षहरूमा कहिले नजिकका दाजुभाइ पर्नेलाई टीका लागाएको र कहिले नलगाई बसेको उनले सुनाइन् । अरूले आफ्नो दाजुभाइसँग रमाइलो गरेको टीका लगाएको देख्दा नरमाइलो लाग्ने गरेको अनुभव सुनाउने पूजा एक्लो फिल भएर रुनसमेत मन लाग्ने गरेको सुनाउँछिन् । तिहारको समयमा उनी रानीपोखरी समेत जाने गरेकी छन् । 

रजनी केसी 
‘लोफर’बाट अभिनयमा डेब्यु गरेकी र परदेशीबाट चम्किएकी ‘ब्रासलेट’, ‘लालजोडी’लगायत थुप्रै चलचित्रकी अभिनेत्री हुन् रजनी केसी । उनी पनि परिवारकी एक्लो सन्तान हुन् । दाजुभाइ नभएर पनि रजनीका लागि तिहार त्यति खल्लो भने हुने गरेको छैन । सानैदेखि घरबाट छोरा जसरी हुर्कने मौका पाएकी उनी तिहारको हरेक दिन इन्जोय गर्ने बताउँछिन् । तिहारमा रङ्गोली बनाउन, दियो बाल्न विशेष मन पराउने उनी सेलरोटीको पारखी पनि हुन् । यो वर्ष देउसीभैला खेल्ने कार्यक्रमसमेत मिलाएकी उनी आफ्नो दाजुभाइ नभए पनि भाइटीका लगाउने बताउँछिन् । पहिलेदेखि नै आफ्नो रिलेसन पर्ने दाजुभाइलाई भाइटीका लगाउँदै आएकी उनले यो वर्ष आधादर्जन दाजुभाइलाई टीका लगाउने छिन् । यो वर्षबाट उनले एक पत्रकारलाई समेत दाइको रूपमा टीका लगाउने सुनाइन् । आमालाई सानोमा आफ्नो दाजुभाइ किन भएन भनेर प्रश्न गरेर हैरान पार्ने गरेको बताउने रजनीले आफ्नै दाजुभाइ भएको भए कस्तो हुन्थ्यो होला भन्ने खुल्दुली मनमा चल्ने गरेको सुनाइन् ।

शिल्पा पोख्रेल 

‘फागु’, ‘किस्मत–२’ लगायतकी अभिनेत्री हुन् शिल्पा पोख्रेल । शिल्पा पनि दाजुभाइ नहुने अभिनेत्रीमा पदर्छिन् । घरको जेठी छोरी उनकी एक बहिनी छिन् सोनिया । दाजुभाइ नभए पनि तिहारमा उनको हात भने खाली हुँदैन । उनले निर्देशक विकास रौनीयारलाई दाइ मानेकी छिन् । भाइटीका पनि उनले रौनीयारलाई नै लगाउँछिन् । तिहारको देउँसी भैलो धेरै रमाइलो लाग्ने बताउँने उनी राधानीको देउसी भैलोमा विकृति भित्रन थालेको बताउँछिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप