शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङको बेलबारी मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

शुक्रबार, ०३ कात्तिक २०७४, ०९ : ४४
शुक्रबार, ०३ कात्तिक २०७४

उर्लाबारी, मोरङ - मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिम जाँदै गरेको स ४ प ८२२१ नंको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ८२ वषीय लक्ष्मण थापामगरलाई बिहिबार दिउँसो ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते मगरको न्युरो अस्पताल, विराटनगरमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । 

ठक्कर दिने मोटरसाइकल र त्यसका चालक उदयपुर त्रियुगा नगरपालिका– ११ पीपलचोक बस्ने २८ वर्षीय विनोद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप