शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१२ लाख भन्दा बढी खर्चेर जापान पुगेका युवालाई एमालेले फर्काए गाउँ

शुक्रबार, ०३ कात्तिक २०७४, ०९ : ४१
शुक्रबार, ०३ कात्तिक २०७४

टोकियो - परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा एमालेले गाउ“ फर्काएको छ । 

वर्षौंदेखि विदेशमा रहेर पनि गाउ“को नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो । फिर्ता हुनेमा डा सूर्य पाठक ९बाग्लुङ० र राजकुमार पण्डित नुवाकोट र पर्वतका महेन्द्र श्रेष्ठ रहेका छन् । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिफारिश भएपछि पाठक नेपाल फर्किसक्नुभएको छ भने पण्डित फर्कने तयारीमा छन् । 
पाठक २००३ र पण्डित २००६ मा अध्ययनका लागि जापान आएर कामदार प्रवेशाज्ञामा परिवर्तन गरी काम गर्दै आउनुभएको थियो । गाउ“को विकासका लागि विदेशमा रहेका युवालाई फर्काउने उद्देश्यले आफूहरुलाई पार्टीले सिफारिश गरेको उहा“हरुको भनाइ छ । पण्डितले गाउ“ फर्केपछि राजनीति र सामाजिक काममा होमिने बताए । 

प्रवासी नेपाली मञ्च जापानका पूर्वअध्यक्ष पाठक जिल्ला कमिटी बाग्लुङको क्षेत्र नम्बर ४ बाट प्रदेशसभामा सिफारिश भएपछि दुई साताअघि कार्यक्षेत्रमा पुगिसकेका छन्, त्यस्तै, मञ्चका पूर्वउपाध्यक्ष पण्डित जिल्ला कमिटी नुवाकोटको क्षेत्र नं १ बाट सिफारिश भएर अर्को साता गाउँ फर्किने तयारीमा छन् । 

पाठकले फर्कनुअघि विदेशमा बस्दा हासिल गरेको सीप र कलालाई स्वदेशमा सदुपयोग गर्ने बताए ।  फर्किनुअघि जापानको बसाइँ अवसर भएको भन्दै अबको बा“की समय पार्टीलाई खर्चिने उनले बताएका थिए । 

त्यस्तै, पण्डितले यहाँको सीप गाउँमा प्रयोगमा ल्याउने प्रयास गर्ने बताए ।  उनी विसं २०५४ मा शिखरबेँसी गाविस अध्यक्ष भएका थिए । 

गाउ“ फर्कनेमा मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ पनि हुनुहुन्छ । श्रेष्ठ पनि जापानबाट गाउ“ फर्किसक्नुभएको छ । स्थानीय निर्वाचनमा पर्वतबाट विजयी भएपछि श्रेष्ठले उपाध्यक्ष बाबुराम भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप