ईश्वर पोखरेलले दिए स्वीस सरकारलाई धन्यवाद
बुधबार, ०२ असार २०७८, १८ : ०९
नेकपा (एमाले)का महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्विट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापिलरबीच आज भेटवार्ता भएको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए ।
आफू उपप्रधानमन्त्री रहेको बेला महासचिव पोखरेलको पहलमा स्वीट्जरल्याण्ड सरकारले नेपाललाई रु ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । सो अवसरमा राजदूत क्यापिलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण