उद्धार र राहत कार्यमा जुट्न पार्टी पङ्क्तिलाई एमालेको आह्वान
नेकपा एमालेले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुको उद्दार र राहत कार्यमा जुट्न पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार जारी गरेको विज्ञप्तिमा बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), गोरखा, लमजुङ लगायत जिल्लाहरु बढी प्रभावित भएको र कतिपयको ज्यान ज्यान गुमाएको तथा घरबारबिहीन हुनुपरेको अवस्थामा पार्टी चिन्तित भएको उल्लेख गरिएको छ ।
एमालेले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ताहरुको सकुशल उद्धार हुन सकोस् भन्ने कामना गरेको छ । यस्तै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासहित घरबारबिहीनहरुको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ ।
एमालेले तत्काल उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडि बढाउन, मृतकका परिवारहरूका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह समेत गरेको छ ।
पार्टीले ज्यान जोखिममा राखी उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरुको उच्च प्रशंसा समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण