शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टामा २८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त

बुधबार, ०२ असार २०७८, १७ : ००
बुधबार, ०२ असार २०७८

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनामा गरिएको स्वास्थ्य परीक्षणमा २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ भने संक्रमण मुक्त हुनेहरुको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै निको हुनेहरुको दर ८८.५ प्रतिशत रहेको छ ।  अहिलेसम्म संक्रमणबाट ८ हजार ५ सय ५८ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप