बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ कलाकारको तिहार योजना

शुक्रबार, ०३ कात्तिक २०७४, ०८ : ४८
शुक्रबार, ०३ कात्तिक २०७४

माला गाँस्न सघाउँछु : सुरवीर पण्डित, अभिनेता
 
तिहारमा नयाँनौलो खासै केही हुन्न मेरो । एक दिदी, बहिनी र भाई छन् । 
उनीहरुसंगै रीरितरिवाज मनाउँछु  । 
यो बेला फुर्सद हुने भएकाले साथीभाईसंग भेटघाट गर्छु । सफासुगर गर्ने माला गास्ने काममा सहभागी हुन मनपर्छ । 


टीका थाप्न घर जाँदै छु : मदन नेपाल, गायक 
म पनि अब टीका थाप्न मोरङ जाँदैछु । दिदी उतै हुनुहुन्छ । हमी चार भाईकी एक मात्र दिदी भएकाले सबैजना एकै ठाउँमा भेला हुनुपर्छ । धेरै जना दिदी बहिनी भएदिएको भए बाँड्न मिल्थ्यो । 


अस्ट्रेलियामै तिहार : सन्ध्या केसी, अभिनेत्री 
हामी चारै जना सिब्लिङ्स एकठाउँ भएर भाईटीका नमनाएको थुप्रै बर्ष भईसक्यो । 
दुई जना दिदी विदेशमा हुनुहुन्छ । भाई र म यहीँ छौं । तर, पोहोर साल र यसपाली म पनि तिहारमा अस्ट्रेलिया जानुपर्ने भयो । 


पप्पीलाई पनि टीका : आकांक्षा बस्याल, गायिका 
मेरो एउटा भाई छ, उनीसंग भाईटीका मनाउँछु । अनि सानो पप्पीलाई पनि टीका लगाईदिन्छु । पप्पी मेरो भाईसहरही नै लाग्छ । 
कक्षा ९ मा पढ्ने भईलाई कपडा किनिदिएको छु । 

विदेशी साथीसंग घुम्दै छु : हरि महर्र्जन , गितारवादक 
४१ बर्षदेखि एउटै तरिकाले तिहार मनाएँ । योपाली फरक गर्दै छु । दुई जना अमेरिकन म्युजिसियन आएका छन् । उनीहरुसंगै काठमाडौं छेउछाउका सहरहरुमा गएर गिटार बजाउँदैछ, गीत गाउँदै गरिरहेको छु । 


फोनबाटै भाईटीका : आश्तिक शेरचन, फेसन डिजाईनर 
दिदी अमेरिकामा हुनुहुन्छ । 
उहाँर्ला नभेटेको धेरै  भईसक्यो चार बर्षअघिको तिहारमा म उतै थिए । त्यसयता दिदी र म फोनबाटै भाईटीका विस गरिरहेका छौं । 

अघाउन्जेल सेलरोटी खान्छु : केशव राई, रंगकर्मी 
सेलरोटी बनाउन आउँदैन, खानचाही मनपर्छ । दिदीहरुले बनाउनुहुन्छ । उहाहरुकोमै गएर अघाउन्जेल खान्छु । 


प्रस्तुती: सजना बराल  कान्तिपुर दैनिकबाट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप