नारायणीमा पानीको सतह ४० वर्ष यताकै उच्च, राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा रहन निर्देशन
अविरल वर्षासँगै नारायणी नदीमा खतराभन्दा माथि पुगेको पानीको सतह आज केही घटेको छ । पानीको सतह घटेपनि खतरा नटरेको भन्दै नदी तटीय स्थानमा बसोबास गर्नेहरुलाई सर्तक रहन पुनः स्थानीय प्रशासनले आग्रह गरेको छ ।
स्थानीय प्रशासनका अनुसार नारायणी नदीमा हिजो (मंगलबार) देखिएको पानीको सतह ४० वर्ष यताकै सबैभन्दा ठुलो रहेको छ । आज बिहानबाट पानी पर्न केही कम भएकाले नारायणीमा पानीको सतह घट्दै गएको जल मापन केन्द्र देवघाटले जनाएको छ ।
लगातार वर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा आग्रह गरेकी छिन् । आज बिहान भरतपुर महानगरपालिकाको वडा नं. २६ स्थित नारायणी नदी छेउछाउ रहेको बस्तीहरु सिसही, सिम्रेनी क्षेत्रको स्थलगत अवलोकन गर्दै उनले नदीबाट हुनसक्ने कटान र डुबानबाट सजग र सतर्क रहन आग्रह गरेकी हुन् ।
उनले भनिन्, ‘लगातार वर्षा भइरहेको छ, नदीको बहावपनि बढिरहेको छ सम्पूर्ण सुरक्षा निकाय, वडा कार्यालय तथा भरतपुर महानगरपालिकाको विपत व्यवस्थापन प्रतिकार्य इकाइलाई समन्वयात्मक ढंगले परिचालित भई नियन्त्रण तथा उद्दारमा खटिन तयार रहनुस् ।’ उनले भरतपुर महानगरपालिका भित्र सम्भावित डुबान तथा कटानबाट हुन सक्ने क्षतिलाई रोक्न हर सम्भव लागिपर्ने बताउँदै सोही अनुसार काम गर्न सबैलाई आग्रहसमेत गरिन् । प्रमुख दाहालले जेष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका समुदाय तथा गर्भवती महिलाहरूको विशेष ख्याल गर्न समेत आग्रह गरेकी छिन् ।
स्थलगत अनुगमनका क्रममा प्रमुख दाहालले सम्बन्धित जोखिम क्षेत्रका टोल सुधार समिति, यूवा क्लबहरूलाई प्रतिकार्यमा परिचालन गर्न वडाअध्यक्षहरूलाई निर्देशन दिएकी छिन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले समन्वयात्मक ढंगले संभावित क्षति रोक्न र उद्दारका लागि सबै संयन्त्रलाई तयारि अवस्थामा राखेर काम अगाडि बढाएको बताए । नारायणी नदीको उच्च बहाबले भरतपुर महानगरपालिका वडा न २६ को सिसुवारमा डुबानमा परेका १६ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको वडा अघ्यक्ष ज्ञानप्रसाद खनालले बताए।
यस्तै, वडा नं. १६ को झनझने, गणेश मन्दिर र बिजय नगरको मगरगाउँको छेउछाउमा करिब १ सय घर डुबानमा परेको र तिनीहरूलाई शरणपुर आधारभूत विद्यालय र अन्य सुरक्षित स्थानमा राखिएको वडा अध्यक्ष अमृत हमालले बताए । बाढीले वडा न ३ को नारायणी दोभान टोलमा रहेको चकलेट उद्योग वरीपरीका ५० घर डुबेसंगै त्यहाँ आरिुत स्थानियहरुलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष चन्द्र मित्र पंडितले बताए । देवघाट मापन केन्द्रका अनुसार नारायणी नदीमा पानीको सतह ९ पुगे खतरा मानिन्छ ।
हिजो राति सम्म खतरा भन्दा माथि रहेको पानीको सतह आज बिहान ७ः२० देखि खतरा भन्दा तल झरेको छ । बाग्लुङ, पर्वत, गुल्मी तथा कास्की, लमजुङ, गोर्खा, धादिङलगायतका पहाडी जिल्लामा अविरल पानी परिरहेकोले पानीको सतह पुनः खतरा सम्म जान सक्ने भन्दै अझैं केही दिन सजग र सतर्क रहन मौसम विभागले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीमा भुइँचालो जाँदा भत्किएको होटलका मालिक र वास्तुकारलाई जेल सजाय
-
स्वास्थ्य र आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू मनोनीत
-
किन ‘डम्ब फोन’ खोज्दैछन् मान्छेहरू ?
-
आज प्रज्ञा भवनमा जुट्दै जनार्दन र विप्लव
-
म्याग्दीमा टिपर दुर्घटना, २ जनाको मृत्यु
-
गैँडाको खाग तस्कर पक्राउ गर्न हेटौँडामा ५ राउन्ड हवाई फायर