भारतीय सीमा सुरक्षा बलले रोक्यो नेपाल–भारत सीमामा खेत जोत्न
कञ्चनपुर - भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ ।
नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६÷१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन् ।
धान कटानपछि खेत जोत्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको गुरुङले बताउनुभयो । भारतीय सीमा सुरक्षा बलले खेत जोत्न रोक लगाएपछि खेत जोेत्न छाडेको गुरुङले बताए ।
उनका अनुसार सोमबार एसएसबीका जवान खेत जोत्न लागेको समयमा आएर भारतीय भूमि भएको भन्दै खेत जोत्नमा रोक लगाएका थिए । समयसमयमा भारतीय पक्षले उनले खेती लगाउने समयमा रोक लगाउँदै आएकोमा उनी चिन्तित भएका छन् । धान रोप्दा पनि भारतीय सुरक्षाकर्मीले उनलाई धान रोप्न रोकेपछि केही समय स्थानीय र सुरक्षाकर्मीबीच विवाद सिर्जना भएको थियो ।
धान रोप्न रोकेको विषयमा स्थानीय प्रतिकारमा उत्रेका थिए । विसं २०२३ देखि उक्त जग्गा गुरुङले भोगचलन गर्दै आएका हुन् । खेती लगाउने समयमा भारतीय पक्षबाट खेतमै आएर खेती नगर्न भन्न थालेपछि उनी चिन्तामा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते