शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हमेल्सको आत्मघाती गोल, फ्राससँग जर्मनी पराजित

बुधबार, ०२ असार २०७८, ०८ : ०३
बुधबार, ०२ असार २०७८

म्याट्स हमेल्सले आत्मघाती गोल गरेपछि घरेलु मैदानमै फ्रान्ससँग जर्मनी पराजित भएको छ । म्युनिखस्थित एलिनाज एरिनामा फ्रान्स १–० ले विजयी भएको हो । युरो इतिहासमै जर्मनीले सुरुवाती खेल गुमाएको यो पहिलोपटक हो । 

लुकास हर्नान्डेजको क्रसलाई कालियन एमबाप्पे भए ठाउँ पुग्नबाट रोक्ने क्रममा हमेल्स थिए । यसक्रममा उनले बल उनकै  गोलपोस्टमा डाईभर्ट भइदियो । 

यसअघि खेलमा दुबै टोलीले गोल गर्ने धेरै अवसर खेर फालेका थिए । पहिलो हाफमा इल्के गुन्डोगानले गरेको प्रहार गोलमा परिणत हुन सकेन । दोस्रो हाफमा फ्रान्सले दुईपटक बललाई जाली चुमाएपनि ती दुबै अफसाइड थिए । 

प्रतियोगिताअन्तर्गत यही समूहको खेलमा हंगेरीलाई पोर्चुगलले बुडापेस्टमा ३–० ले हरायो । पोर्चुगलका लागि क्रिष्ट्रियानो रोनाल्डोले दुई र राफायल गुरेरोले एक गोल गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप