शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यूरो २०२० : पहिलो खेलमै रोनाल्डोको दुई कीर्तिमान

मङ्गलबार, ०१ असार २०७८, २३ : ४५
मङ्गलबार, ०१ असार २०७८

यूरो २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगल हंगेरीविरुद्ध ३–० गोलले विजयी बनेको हो ।

पोर्चुगललाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा राफायल गुरेरोले एक गोल गरे । योसँगै रोनाल्डो यूरोपियन च्याम्पियनसीपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले मिसेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान उछिनेका हुन् । खेलमा रोनाल्डोले प्रतियोगितामा व्यक्तिगत १० औँ र ११ औँ गोल गरे । दुई गोलसँगै अली देइले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानको पनि उनी झनै नजिक पुगेका छन् । रोनाल्डोको अन्तर्राष्ट्रय खेलहरुमा गोल संख्या १०६ पुगेको छ । देइले १०९ गोल गरेका छन् ।

त्यस्तै, रोनाल्डो पाँचवटा यूरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडी पनि बनेका छन् । बुडापेस्टमा भएको खेलमा शुरुवात गर्दै रोनाल्डोले यो कीर्तिमान पनि बनाएका हुन् । सन् २००४ मा उनले पहिलोपटक प्रतियोगितामा भाग लिएका थिए । त्यसयता उनले २००८, २०१२ र २०१६ को यूरो कपमा पनि भाग लिएका थिए । उनले सबै संस्करणमा गोल पनि गरेका छन् ।

रोनाल्डोले मात्र हाेइन पोर्चुगलले पनि खेलमा कीर्तिमान बनाउन सफल भएको छ । पाोर्चुगलले खेलको ८४, ८७ र ९०+२ मिनेटमा गोल गरेको थियो । यूराेमा अन्तिम १० मिनेटमा ३ गोल गर्ने पोर्चुगल​ पहिलो टोली बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप