शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नारायणीले पार गर्‍यो खतराको विन्दु

मङ्गलबार, ०१ असार २०७८, २३ : ३१
मङ्गलबार, ०१ असार २०७८

नारायणी नदीमा पानीको बहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो । निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको छ । केन्द्रका अनुसार  नदीमा पानीको बहाव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९:९१ मिटर पुगेको थियो, जुन  ४४ वर्ष यताकै बढी हो ।
 
नारायणीसँगै राप्ती र  रिउ खोलामा पानीको बहाव वढ्दै गएकाले नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा पानीको वहाव बढेका  समयमा दाउरा टिप्न र  माछा मार्न भन्दै नदीमा नपस्न अनुरोध गरिएको छ । यस्तै औषधि, खाद्यान्न र  महत्वपूर्ण कागज झोलामा तयारी अवस्थामा राख्न पनि  तटीय क्षेत्रबासीलाई आग्रह गरिएको छ ।

नारायणीका कारण भरतपुर महानगरपालिका वडा नं १६, २६, २७ र २८ र राप्ती नदीबाट वडा नम्बर २२ र २३ मा बढी असर पर्ने गरेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । महानगरका वडा नं २६ र २७ का हिरापुर, सिसई, न्यूरेनीलगायत ठाउँमा नारायणी तटबन्ध पार गरी मानव बस्तीतर्फ छिर्न शुरु गरेको छ ।

नदीमा पानीको वहाव बढेसँगै आज साँझ प्रभावित क्षेत्रमा  महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र  सुरक्षा निकायका प्रमुखले अनुगमन गरेका छन् । नदी बस्तीमा पस्न सक्ने क्षेत्रको अध्ययनसमेत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप