शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले पुरेर पाल्पामा एक किशोरको मृत्यु

मङ्गलबार, ०१ असार २०७८, २२ : ४४
मङ्गलबार, ०१ असार २०७८

लगातारको वर्षाका कारण खसेको पहिरोले पुरेर पाल्पामा एकजनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा आएको पहिरोमा परेर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको पाल्पाका एसपी सन्तोष भट्टराईले रातोपाटीलाई बताए । 

मंगलबार साँझ खसेको पहिरोमा पुरिएपछि गम्भिर घाइते भएका भट्टराईको उपचार गर्न पाल्पा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । घटनास्थलमा प्रहरी चौकी हार्थोकबाट प्रहरी सहायक निरिक्षक नेतृत्वको टोली खटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप