बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिन्धुपाल्चोकको लार्के बस्तीमा पहिरो, इन्द्रावती नदी थुनियो

मङ्गलबार, ०१ असार २०७८, २२ : २६
मङ्गलबार, ०१ असार २०७८

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपलिका स्थित लार्के र याङ्ग्रीमा पहिरो खसेको छ । पहिरोका कारण इन्द्रावती नदी थुनिएपछि तिपेनी बजार र आसपासका क्षेत्रमा ठुलो जोखिम बढेको बताइएको छ । 

पहिरोका कारण इन्द्रावती नदी थुनिएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले रातोपाटीलाई बताए । लार्केमा खसेको पहिरोका कारण नदीको बहाव तिपेनी बजारमा पसेको छ । 

लाङटाङ राष्ट्रिय निकुञ्जको लार्के बस्तीको माथिल्लो भागमा पहिरो गएको हो । ३ दिनदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रमा भीषण बाढी आइरहेको छ । तिपेनी बजार नजिकै रहेको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामबाट पानी ओरभफ्लो भएको छ । 

तिपेनी बजारमा खास क्षति नभएको तर, आसपासमा धेरै क्षति भएको गाउँपालिका अध्यक्ष लामाले बताए ।  ‘भीषण बाढीका कारण  भागाभाग भएको छ’ अध्यक्ष लामाले भने– ‘सबैलाई सुरक्षित बस्न आग्रह गरेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप