शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको तिपेनी बजारमा बाढी पस्यो

मङ्गलबार, ०१ असार २०७८, २२ : ०८
मङ्गलबार, ०१ असार २०७८

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपलिका स्थित तिपेनी बजारमा बाढी पसेको छ । स्थानिय लार्के खोलामा आएको बाढी बजारमा पसेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले रातोपाटीलाई बताए । 

तिपेनी बजारमा सुरक्षाकर्मी जाने प्रयास गरिरहेका छन् । जोखिमका कारण सुरक्षा सावधानीका साथ प्रभावित क्षेत्रमा पुग्ने प्रयास भइरहेको डिएसपी सापकोटाले बताए ।  बाढीका कारण के, कति क्षति भयो भन्ने विवरण आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप