दीपावलीको साँझ यस्तो देखियो उपत्यकाको झिलिमिलि, २३ तस्बिरमा हेर्नुहोस्
काठमाडौं— आज लक्ष्मीपूजा अर्थात दीपवली । आजको दिन सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङ लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ ।
लक्ष्मी पूजाका लागि आज साँझ आँगन देखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलै पिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।
लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहिआएको छ ।
आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
आज साँझ युवती समूह बनाई घरघरमा भैलो पनि खेलिन्छ ।
उज्यालको पर्व मानिने तिहार अन्तरगत आज घरघरमा दीपालवी मनाइँदै गर्दा राजधानी पूरै झिलिमिलि बनेको छ ।
नेपाल विद्युत प्राधिकरणले अत्याधिक विद्युत माग भएपनि आज रातभर लोडसेडिङ नहुने बताएको छ ।
विगतका वर्षहरुमा लोडसेडिङ हुने गरेपनि गतवर्ष नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको आगावन भएसँगै लोेडसेडिङ खासै हुने गरेको छैन ।
लोडसेडिङमुक्त उपत्यका पूरै दीपालवीले झिलिमिलि भएको छ ।
यसैबीच घिसिङ दीपावलीको रात लोडसेडिङ हुन नदिन आफैं फिल्डमा सक्रिय भएको बताइएको छ ।
राससबाट थप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय