शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हात्ती छेक्न लगाइएको करेन्टमा परेर महिलाको मृत्यु

मङ्गलबार, ०१ असार २०७८, १७ : ५१
मङ्गलबार, ०१ असार २०७८

जङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका ३ की ४८ वर्षीया विष्णुमाया बास्कोटाको मृत्यु भएको छ ।  आज बिहान ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको विजुलीको नाङ्गो तारमा करेन्ट लाग्दा उनी घाइते भएकी थिइन् । घाइते बास्कोटाको उपचारको क्रममा बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जिल्लामा हात्ती धपाउन लगाइएको बिजुलीको तारबाट करेन्ट लागेर यस अघि चारजनाको मृत्यु भएको छ । जसमध्ये दुई जना बुद्धशान्ति गाउँपालिकाकै रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप