प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट घोषणा (पूर्णपाठ)

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ कराेड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ कराेड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको छ ।
मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा स्वास्थ्य क्षेत्र तर्फ कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २० करोड बजेट छुट्याएको छ । यस्तै कोरोनाको रोकथाम, औषधी र खोपका लागि बजेट अभाव नहुने पनि उनले बताए ।
सबै अस्पतालमा उपचारको व्यवस्था गरिने उल्लेख गर्दै मन्त्री यादवले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि समेत बजेट व्यवस्था गरेको जनाए ।
यस्तै मन्त्री यादवले मझौला सिँचाइ आयोजनाका लागि ४१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि जानकारी दिए । त्यस्तै प्रदेशका अस्पतालहरूमा मृगौला बिरामीहरूको बढ्दो चापलाई दृष्टिगत गर्दै ३५ वटा डायलासिस मेसिन खरिद गर्नका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
-
स्याङ्जाको जुग्ले–बाँगे सडक कालोपत्र
-
३ दशकदेखि राज्यको अर्बौ सम्पत्ति डाबर नेपालको कब्जामा
-
सेलिब्रेटीमाथि डिजिटल हिंसा : दीपाश्री, सुरक्षादेखि दुर्गेशसम्म कसरी भए सिकार ?
-
मगरभाषा संरक्षण तालिम
-
प्रतिष्ठानमा पार्टी कार्यालय राख्नु गलत: साह