ट्याङ्कर चालकहरु तेल ढुवानी गर्न तयार
मङ्गलबार, ०१ असार २०७८, १७ : ०९
गत आइतबारदेखि कोभिड–१९ भ्याक्सिनको माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेका ट्यांकर चालकहरू अन्ततः तेल ढुवानी गर्न तयार भएका छन् । चालकहरूको माग सम्बोधन गर्दै सरकारले आन्दोलनरत ट्यांकर चालक, कर्मचारी तथा निगमसँग जोडिएका मजदुरहरुलाई यथाशीघ्र कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएपछि चालकहरू तेल बोक्न तयार भएका हुन् ।
मंगलबार नेपाल पेट्रोलियम ट्यांकर चालक संघले एक विज्ञप्ति जारी गर्दै आजकै मितिदेखि आफुहरुको आन्दोलन स्थगित भएको र सधाझैं पेट्रोलियम पदार्थको ढुवानी कार्य सुचारु गरिएको जनाएको छ ।
उक्त आन्दोलनमा नेपाल पेट्रोलियम डिलर एसोसिएसनले समेत ऐक्यबद्धता जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर