बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी बैंकको युरो कप योजनाः मोबाइल मनि प्रेडिक्ट एन्ड विन !

मङ्गलबार, ०१ असार २०७८, १६ : ५४
मङ्गलबार, ०१ असार २०७८

काठमाडौं । लक्ष्मी बैंकले युरो कप  २०२१ योजना ‘मोबाइल मनि प्रेडिक्ट एन्ड विन !’ सार्वजनिक गरेको छ । युरो कप २०२१ संचालन भइरहेको अहिलेको अवस्थामा लक्ष्मी बैंकले  खेल पारखीहरुलाई मध्यनजरमा राखेर उत्साह थप्न बैंकले एफ–वान सफ्टसँग मिली ‘गोल प्रेडिक्ट एन्ड विन’ योजना ल्याएको हो । 

यो योजना युरो कप २०२१ सुरु भएको दिनदेखि अर्थात जुन ११ देखी सुरु भएको बैंकले जनाएको छ । यो योजना युरो कपको अन्त्यसम्म अर्थात अन्तिम दिन जुलाई ११ सम्म जारी रहने बैंकले जनाएको छ । यस योजनामा ५ जना भाग्यशाली विजेताहरूले ५० एमबीपीएसको १ वर्ष अवधिको इन्टरनेट सब्स्क्रिप्सन पाउन सक्ने छन् । 

योजनामा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाइल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाइल मनिका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्सफर गरी यसमा सहभागी हुन सक्नेछन् । 

मोबाइल मनिको ’फोन–पे’ वा अन्तर बैंक नगद ट्रान्सफरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । 

योजनाको अवधि पछि युरो कपको विजेता देशको सही अनुमान गर्ने ग्राहकहरू मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप