उपेन्द्र यादवले भने– निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको दावी गरेका छन् ।
अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले पुर्वाग्रहपूर्ण निर्णय गरेको आरोप लगाएका छन् ।
पार्टीको निर्णय अनुसार महन्थ ठाकुरलगायत केही सदस्यहरुलाई पार्टी अनुशासन सम्बन्धी कारबाही गरी पार्टीको जिम्मेवारी पदबाट हटाएकोबारे आयोगको दर्ता किताबमा अध्यावधिक गर्न दिएको पत्रमा अनावश्यक निर्णय भएको भन्दै उनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको आयोगको निर्णयमा सम्पूर्ण रुपले अवज्ञा गरिएको यादवको विज्ञप्तिमा उल्लेख छ ।
उनले आयोग आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको आरोप समेत लगाएका छन् ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४, जसपाको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधा अनुरुप बंग्याएर अपव्याख्या गरी पार्टी विधान विपरित काम गर्ने र दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रुपले वैधानिकता दिन खोजेको आरोप अध्यक्ष यादवले लगाएका छन् ।
उनले निर्वाचन आयोगजस्तो संवैधानिक निकायको निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको पनि बताएका छन् । उनले आयोगले गरेको सो कामकारवाही विरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने पनि स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोती शोभा श्रेष्ठका चार कृति सार्वजनिक
-
पाथीभरा केबलकार विवाद : समाचार सम्प्रेषण गर्दा आचारसंहिता पालना गर्न महासंघको आग्रह
-
रवि लामिछानेले सहकारीको रकम ठगेका छन्, सजाय हुनुपर्छ : शेखर कोइराला
-
पोखरामा आयोजित स्वजागरण कार्यक्रम, तस्बिरमा हेर्नुहोस्
-
राष्ट्रपति युनविरुद्ध पक्राउ वारेन्ट कार्यान्वयनमा बाधा पुर्याएको आरोपमा पनि मुद्दा दर्ता
-
मिर्गौलामा समस्या हुँदा शरीरले दिन्छ यी १० संकेत