निर्वाचन आयोग सरकारको कठपुतली बन्यो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग ‘सरकारको कठपुतली’ बनेको आरोप लगाएका छन् । नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा मंगलबार ट्वीट गर्दै संवैधानिक आयोगले नै लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ’, श्रेष्ठले भनेका छन्, ‘जसपाबारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।’ उनले तत्कालीन नेकपाको जस्तै निर्णय अहिले जसपामा दोहोरिएको भन्दै आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।
साथै उनले राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने बताएका छन् ।
‘लोकतन्त्र पक्षधर सवै मिलेर संवैधानिक अंगको यस प्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नुपर्छ’, श्रेष्ठको सुझाव छ ।
मंगलबारै अर्को ट्वीट गर्दै श्रेष्ठले नेपालीहरुको प्रतिरोध क्षमता उच्च भएकाले कोरोनाले छुँदैन,हाछ्यु गरेर, बेसार पानी खाएर कोरोना फल्दिउ भनेर संसदमै बोल्ने गैरजिम्मेवार प्रधानमन्त्रीका कारणले नेपालीले दुख मात्रै नपाएको भन्दै लज्जित हुनुपरेको समेत बताएका छन् । साथै उनले छिटो क्याक्सिन ल्याउन माग गरेका छन् ।
‘नेपालीहरुको प्रतिरोध क्षमता उच्च भएकाले कोरोनाले छुदैन,हाछ्यु गरेर, बेसार पानी खाएर कोरोना फल्दिउ भनेर संसदमै बोल्ने गैरजिम्मेवार प्रधानमन्त्रीका कारणले हामी नेपालीले दुख मात्रै पाएका छैनौ, लज्जित हुनुपरेको छ । नेपाल अहिले कोरोना संक्रमणको दरमा विश्वमै अगाडि छ । छिटो भ्याक्सिन ल्याइयोस्’, श्रेष्ठको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँझसँगै मासुचिउरा खाएको साथीलाई बिहान फलामको पाइपले हिर्काएर हत्या
-
उडिसाबाट सुनौली नाका भएर ३६ जना विद्यार्थी नेपाल फर्किए
-
रुख काट्नेलाई कारबाही गर्न कानुनी समस्या, तीनै तहका सरकारको ध्यानाकर्षण
-
निर्मल निवासबाट राजालाई नारायणहिटी पुर्याउन तयार छौँ : अध्यक्ष लिङ्देन
-
अब राजसंस्थाका बारेमा सेनाले निर्णय लिनुपर्ने बेला आयो : रवीन्द्र मिश्र
-
बाम एकता आवश्यक तर व्यवहारिक रूपमा अहिले असम्भव