पाँचतारे होटलमा ड्रग्स पार्टी गरिरहेकी थिइन् बलिउड अभिनेत्री, पक्राउ
भारतको मायानगरी भनिने मुम्बईमा एक बलिउड अभिनेत्रीले आफ्नो जन्मदिनमा ड्रग्स पार्टीको आयोजना गर्नु भारी परेको छ । पार्टी उत्कर्षमा पुगेका बेला प्रहरीलाई कसैले गोप्य तरिकाले यसबारे जानकारी दिएपछि प्रहरीको समूहले यसैको आधारमा अबेर रात होटलमा छापा मार्यो । प्रहरीको छापामा अभिनेत्री र उनका साथीलाई पक्राउ गरेको छ । अभिनेत्रीको पहिचान नाइरा नेहल शाहको रुपमा भएको छ ।
घटना मुम्बईको सान्ताक्रुज प्रहरी थाना इलाकाको हो । जहाँ एक पाँचतारे होटलमा बलिउड अभिनेत्री नेहल शाह आफ्नो जन्मदिन मनाइरहेकी थिइन् । उनी ड्रग्ससहित पार्टी गरिरहेकी थिइन् । प्रहरीले आइतबार–सोमबारको राती होटलमा छापा मारेर यसबारे खुलासा गरेको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार अघिल्लो रात करिब ३ बजे एक पाँचतारे होटलमा छापा मारिएको थियो । त्यहाँ बलिउडमा साना भूमिका निभाउने अभिनेत्री र उनका साथीहरुलाई ड्रग्स सेवन गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको छ । सान्ताक्रुज प्रहरीले यसका लागि मुद्दा दर्ता गरेको छ ।
प्रहरीका अनुसार अभिनेत्री नेहल शाह होटलको एउटा रुममा चरेसको प्रयोग पनि गरिरहेका थिए । प्रहरीले तत्काल पार्टीमा उपस्थित अभिनेत्री नेहल र उनका साथी आशिक हुसैनलाई पक्राउ गरियो । दुबैले त्यहाँ चरेसको प्रयोग गरिरहेका थिए ।
सोमबार यी दुईलाई सान्ताक्रुज प्रहरीले दुबैलाई अदालतमा पेश गराए । त्यहाँ अदालतले दुबैलाई जमानतमा रिहा गरिदिएको छ । प्रहरीले घटनाबारे छानबिन गरिरहेको छ । नाइरा नेहल शाहले दुईवटा तेलुगु फिल्ममा पनि काम गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी