इरिक्सनलाई बचाउने सिमोन केयालाई कप्तान बनाउने तयारी
डेनमार्कका स्टार क्रिष्ट्रिय इरिक्सन फिनल्यान्डविरुद्धको खेलका दौरान मैदानमै ढले । जतिबेला उनी सिमोन केयाले दिएको थ्रो ईन रिसिभ गर्दै थिए ।
लगत्तै केया इरिक्सन भए ठाउँमा आए । उनको एयरवेज क्लियर गरे र स्वास्थकर्मीको टोली आउनुअघि सिपिआर सुरु गरे । आफ्ना साथीको जीवन–मरणको यो अवस्था गोप्य होस् भन्नका लागि उनले अन्य सहकर्मीहरुलाई इरिक्सन आसपास घेरेर बस्न प्रोत्साहित गरे ।
अन्ततः निकै तेजसँग स्वास्थकर्मीको टोली आइपुग्यो । समयमै अस्पताल लगियो र इरिक्सन खतरामुक्त भए । इरिक्सनलाई केयाले गरेको सहयोगबाट इटलीका महान् फुटबलर पाओलो माल्दिनी भने प्रभावित भएका छन् । माल्दिनीले ३२ वर्षीया केयालाई एसी मिलान क्लबको कप्तान बनाउन चाहेका छन् ।
अहिले माल्दिनी एसी मिलानमा स्पोर्टिङ डाइरेक्टर छन् र केया २०२० को जनवरीदेखि केया एसी मिलानबाट खेलिरहेका छन् । उनी सुरुमा सेभियाबाट ऋणमा आएका थिए । त्यसपछि मिलानले स्थायी रुपमै क्लबमा आबद्ध ग¥यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त