शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेश : दिउँसाे १ बजे नीति तथा कार्यक्रम पारित र ४ बजे बजेट

मङ्गलबार, ०१ असार २०७८, ११ : ३४
मङ्गलबार, ०१ असार २०७८

कर्णाली प्रदेश सरकारले असार १ गते बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानका कारण आजै नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउन लागेको छ । कर्णालीमा प्रतिपक्ष एमालेकाे अवरोधका कारण साेमबार नीति तथा कार्यक्रम पारित हुन नसकेपछि आज पारित गर्न लागिएको हो ।  बैठक दिउँसाे १ बोलाइएको छ । 

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार साेमबार नीति तथा कार्यक्रम पारित र मुख्यमन्त्रीले नीति तथा कार्यक्रम माथिकाे छलफलकाे बारेमा जवाफ दिने कार्यक्रम बाँकी रहेकाे छ ।
आजकाे कार्यसूचीअनुसार दिउँसाे १ बजे सदन चल्नेछ । त्यसपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम माथि उठेका विषयकाे जवाफ दिनेछन् भने त्यसपछि नीति तथा कार्यक्रम पारित गरिनेछ ।

यस्तै अपराह्न ४ बजे संसदमा आर्थिक बर्ष २०७८/७९ काे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेकाे सचिव बुढाथोकीले रातोपाटीलाई जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप