बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेससँग चुनावी तालमेल हुन्छ : महन्थ ठाकुर

बिहीबार, ०२ कात्तिक २०७४, १७ : ५४
बिहीबार, ०२ कात्तिक २०७४

काठमाडौं, २ कार्तिक —राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक कांग्रेससँग चुनावी गठबन्धन हुने विश्वास दिलाएका छन् । 
उनले भने,‘यसको लागि हामी अहिले निर्णायक छलफलमा जुटेको छौं, आजपनि हाम्रो भेटवार्ताहरु भएका छन्, कांग्रेससँग चुनावी तालमेल हुन्छ, म विश्वास दिलाउन चाहन्छु।’
राधानीमा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै संयोजक ठाकुरले यस्तो बताएका हुन् । 
उनले भने,‘कांग्रेससँग चुनावी एकता हुन्छ, अब त्यसको लागि करिब–करिब सहमति भैसक्यो, हामी अन्तिम छलफलमा जुटेका छौं।’ यद्धपी उनले राजपा र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनलाई ५५ सिट चाहिन्छ भनेर रणनीति लिएको समेत सुनाएँ । मिल्नको लागि नै आफूहरुको कांग्रेस नेताहरुसँग भेटवार्ता भैरहेको उनले जानकारी दिए ।
नेता ठाकुरले एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको नयाँ वामपन्थी गठबन्धन सत्ता स्वार्थको लागि भएको आरोप लगाए । उनले भने,‘वामपन्थीहरुको गठबन्धन कुनै सिद्धान्तले गर्दा बनेको होईन, उनीहरुवीच तालमेल पनि सायद हुँदैनहोला, म फेरि दोहोर्याएर भन्छु वाम ध्रुवीकरण सत्ताको लागि हो, उत्तर र दक्षिण नमिल्ने शक्तिहरु एक ठाउँमा आउन र मिल्न नै सक्दैनन् नि।’
ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेद्धवारहरुको लाईन लागेको समेत सुनाए । उनले भने,‘यो आवश्यकत्ता पनि हो, पद आवधिक हुन्छ, नेतृत्वलाई आmप्नो चयन गर्न अधिकार हुन्छ । त्यो अहिले भैरहेको छ ।’
स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेकोले चुनावप्रति सम्पूर्ण जनताको चासो बढेको उनको भनाई थियो । उनले भने,‘अहिले त हाम्रा पहाडका साथीहरु टिकट लिएर गैसक्नुभयो, वार्ता चलिरहेको छ ।’
त्यस्तै उनले पहाड होस् वा मधेश सबै ठाँउका नेपालीहरु मिलेर जानुपर्ने बताए । उनले भने,‘राजनीतिक धुव्रीकरण हुनु आर्थिक हिसाबले मुलुकलाई अघि बढाउने हो भने राम्रो हुन्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप