मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

युरोकप : आज पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुने

मङ्गलबार, ०१ असार २०७८, ११ : ०२
मङ्गलबार, ०१ असार २०७८

युरोकपमा नेपाल समयअनुसार ९ बजेर ४५ मिनेट जाँदा पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल हंगेरीको बुडापेस्टस्थित रंगशालामा हुनेछ । 

पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन हो । त्यसैले आजको खेलमा उसको स्पष्ट लक्ष्य जित नै हुनेछ । फेरि, यो समूह सहज पनि छैन ।

यसपछि जर्मनी र फ्रान्ससँग खेल्नुपर्ने भएकाले पनि दुबै टोली प्रतियोगिताको उत्कृष्ट सुरुआत चाहन्छन् । पोर्चुगलसँग धेरै स्टार खेलाडी छन् । कप्तान क्रिष्ट्रियानो रोनाल्डो सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोलको किर्तिमान बनाउनबाट ५ गोलले पछि छन् । 

उनले अहिलेसम्म १ सय ४ गोल गरिसकेका छन् । (नोटः सार्वधिक अन्तर्राष्ट्रिय गोल ईरानका अली देईको नाममा छ, उनले १ सय ९ गोल गरेका छन् ।)

पछिल्लो फर्म 
पछिल्ला ६ खेलमा पोर्चुगल अपराजित छ । पोर्चुगलले ४ खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ । यता, हंगेरी पछिल्ला ११ खेलयता अपराजित छ । उसले पछिल्ला ६ खेलमध्ये चार खेल जितेको छ र दुई खेल बराबरी खेलेको छ । तर, अहिलेसम्म हंगेरीले पोर्चुगललाई हराउन सकेको छैन । 

त्यसैले आफ्नो घरेलु मैदानमा डिफेन्डिङ च्याम्पियनमाथि जित हासिल गर्नुपर्ने ठूलो चुनौती हंगेरीलाई छ । 

के भन्छन् प्रशिक्षक ?
मार्को रोस्सी, हंगेरी : हामी आफुलाई आफ्नो सिमितताबाट माथि उठाउन सबै गर्ने छौं । हामी हाम्रो सपना हासिल गर्न चाहन्छौं ।  सपना देख्न निशुल्क छ र हामी सपना देख्छौं । हाम्रो सपना पक्कै पनि हामीबीच नै कायम छ । हामी यो सपनाबारे कुरा गर्न र यसमा बाँच्न चाहन्छौं । आशा छ,  युरोपका क्रममा यो सपनाले निरन्तरता पाउनेछ । 

फर्नान्डो सान्तोष, पोर्चुगल : पक्कै पनि हामी उपाधि दाबेदार हौ । यदी समूह चरणबाट माथि हामी उठ्न सकेनौं भने त्यो असफलता हुनेछ । तर, पोर्चुगलसँग यस्तो हुनेछ भन्ने मलाई लाग्दैन । पोर्चुगलसँग प्रतियोगिताका हरेक टोलीसँग कडा टक्कर गर्ने सामथ्र्य छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप