शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो ३ वटा विषय अध्यापनको अनुमती

मङ्गलबार, ०१ असार २०७८, १० : २२
मङ्गलबार, ०१ असार २०७८

 चालु शैक्षिक सत्रबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले ३ वटा विषय अध्यापन गराउने अनुमती पाएको छ ।

चिकित्सा शिक्षा आयोगले बागमती प्रदेश सरकारले स्थापना गरेको प्रतिष्ठानलाई चालु शैक्षिक सत्रबाटै पहिलो बर्षमा चिकित्सा शास्त्रका तीन वटा बिषय पढाउने अनुमति दिएको हो ।

बागमती प्रदेश सरकारको प्राथमिकतामा रहेको प्रतिष्ठानले स्नातक पब्लिक हेल्थ, स्नातक फार्मेसी, ल्याव टेक्नोलोजी विषय अध्यापनको अनुमती पाएको हो ।

प्रतिष्ठानले यस वर्षका लागि स्नातक पब्लिक हेल्थ (बीपीएच) का लागि २० सिट, स्नातक फार्मेसी (बी फर्मा) र ल्याब टेक्नोलोजिष्ट (बीएसी एमएलटी) का लागि ३०÷३० सिटको अनुमति पाएको छ ।

चिकित्सा शिक्षा आयोगले संचालन गर्ने चिकित्सा शास्त्रको विभिन्न विषयको इन्ट्रान्स परीक्षाको आधारमा मेरी लिष्ट तयार हुने र मेरिट लिष्टमा प्राथमिकतामा परेको विद्यार्थीहरुको रोजाई अनुसार भर्ना प्रकृया अगाडी बढ्ने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले बताए ।

मेरिट लिष्टमा परेका विद्यार्थीले देशभरका चिकित्सा शिक्षा अध्यापन गराउने शैक्षिक संस्थाहरु रोज्ने र आयोगको सिफारिस अनुसार नै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि भर्ना प्रक्रिया संचालन गर्ने उनले बताए ।

चिकित्सा शास्त्रका विभिन्न विषय अध्ययन गर्नका लागि इच्छुक व्यक्तिहरुले आयोगले जारी गरेको सूचनाका आधारमा कोरोना संक्रमणको दोस्रो लहर सुरु हुनु अगावै फार्म भर्ने काम सम्पन्न भइसकेकाले अबको केही समयमा नै आयोगले प्रवेश परीक्षा संचालन गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप