शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका वैज्ञानिकले बनाए १५ मिनेटमा कोरोना संक्रमण पत्ता लगाउने ‘कोभिड अलार्म‘

मङ्गलबार, ०१ असार २०७८, ०९ : २१
मङ्गलबार, ०१ असार २०७८

बेलायतका वैज्ञानिकहरुले एक डिभाइस बनाएका छन् । जसले १५ मिनेटमा नै कोभिड संक्रमण भए नभएको पत्ता लगाउने उनीहरुले दाबी गरेका छन् । 

वैज्ञानिकका अनुसार बेड रुममा यसले ३० मिनेटमा नतिजा देखाउँछ । कोरोना संक्रमितको जानकारी दिने उक्त डिभाइस आउने दिनहरुमा हवाईजहाजको क्याबिन, मानव सेवा सेन्टर, घर, कक्षाकोठा, अफिसमा महत्त्वपूर्ण साबित हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

उक्त डिभाइसको नाम ‘कोभिड अलार्म‘ राखिएको छ । यो डिभाइस ‘स्मोक अलार्म‘ भन्दा थोरै ठूलो छ । 

लण्डन स्कुल अफ हाइजीन एण्ड ट्रॉपिकल मेडिसिन (LSHTM)  र डरहम युनिभर्सिटीका वैज्ञानिकको सामुहिक अनुसन्धानबाट सुरु भएको यो डिभाइसले नयाँ आशा जगाएको बताइन्छ । वैज्ञानिकहरुले परीक्षणको अवधिमा यसले ९८ देखि १०० प्रतिशत सकारात्मक नतिजा दिएको छ । वैज्ञानिकहरुले यो RT-PCR र एन्टिजेन परीक्षणभन्दा कयौँ गुणा सहज हुने विश्वास व्यक्त गरेका छन् । 

यसले लक्षण नदेखिएका संक्रमितको पनि पहिचान गर्छ । अनुसन्धानका अनुसार यो शुरुवाती पहल हो । यो भविष्यमा आउने महामारीमा काम आउने वैज्ञानिहरुले बताएका छन् । 

डरहम युनिभर्सिटीका बायोसाइन्स प्रोफेसर स्टीभ लिन्डसेले बिरामीका अलग अलग लक्षण हुने भन्दै डिभाइसको बारेमा भन्छन्, “ हामीले कोरोना भाइरसबाट सुरु गरेका हौँ । संक्रमित र सामान्य मानिसमा गन्ध आउने र नआउने भएका कारण यो काम सहज भएको हो । बिरामीको पहिचान गर्ने यो तरिका निकै रोचक छ । डिभाइसको मूल्य करिब ५.१५ लाख (भारतीय रुपियाँ) भएपनि यसले महामारीमा संक्रमितको पहिचान गर्न मद्दत गर्छ ।”

रोबोसाइन्टिफिक यो डिभाइसले छाला र सासद्वारा उत्पादन हुने रसायनको पत्ता लगाएर संक्रमितको पहिचान गर्छ । भाइरसका कारण मानिसमा वाष्पशील कार्बनिक यौगिक (VOC) मा परिवर्तन आउने गर्छ । यसले शरीरमा गन्ध पैदा हुन्छ र डिभाइसको सेन्सरले पत्ता लगाउँछ र डिभाइस अधिकृतलाई उक्त संक्रमित व्यक्तिको जानकारी पनि दिने वैज्ञानिकहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप