बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निकारागुवामा विपक्षी दलका नेताहरु धमाधम पक्राउ

सोमबार, ३१ जेठ २०७८, २३ : ३१
सोमबार, ३१ जेठ २०७८

निकारागुवाको प्रहरीले विपक्षी नेताहरूलाई धमाधम पक्राउ गर्न थालेको छ ।  पछिल्लो हप्तामा मात्रै प्रभावशाली छ नेतालाई पक्राउ गरिसकिएको अधिकारीले जानकारी दिएका छन् । ती मध्ये पाँच जना आइतबार मात्रै पक्राउ परेका हुन् । राष्ट्रपति डानीयल अर्टेगाको सरकारलाई चुनौति दिने नेताहरुलाई छानीछानी पक्राउ गर्ने गरिएको छ । 

पक्राउ पर्नेमा गत नोभेम्बरमा भएको निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेताहरु पनि रहेका छन् ।  प्रहरी अधिकारीहरूले यही जुन २ देखि गिरफ्तार गर्ने क्रम सुरु गरेको र अहिलेसम्म १३ जनालाई गिरफ्तार गरिसकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप