सभापति देउवाद्वारा पूर्व सांसद अधिकारीको निधनप्रति दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ काँग्रेसका पूर्व सभापति एवं पूर्व सांसद हरिभक्त अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको आइतबार काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफू निकै दुःखी भएको उल्लेख गर्दै काँग्रेसले एक असल नेता गुमाएको जनाएका छन् । काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा अधिकारीले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
विसं १९९९ पुस १९ गते लमजुङको सुन्दरबजार नगरपालिका–४ -साविक दुराडाँडा गाविस चारघरे) मा जन्मिएका अधिकारी विगत लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । अधिकारी २०४८ सालदेखि २०५३ सालसम्म काँग्रेस जिल्ला कार्यसमिति लमजुङको सभापति थिए ।
पार्टीको विभिन्न तहको पदमा रही कार्य गरेका अधिकारी विसं २०५६ को आम निर्वाचनमा लमजुङ जिल्ला निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । अधिकारी गैरसरकारी संस्था महासंघको पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष र नेपाल खाद्य संस्थानको पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहँदै विकास निर्माणमा समेत क्रियाशील भएका थिए ।
काँग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा उनले पटक पटक जेल जीवन समेत व्यतित गर्नु भएको उल्लेख गर्दै उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ । स्व.अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीमा सबैभन्दा धेरै शतक बनाउने चार ब्याटर
-
स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्याउन अझै सकेनन्
-
‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?
-
आज विवाह गर्दै अस्मिता र महेश
-
ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार
-
१ रुपैयाँ तिरेर फिल्म 'चिसो मान्छे' हेर्न पाइने