अभिनेता संचारी विजयको निधन
कन्नड अभिनेता संचारी विजयको निधन भएको छ । ३७ वर्षका विजयको सोमबार निधन भएको हो । विजय गत शनिबार बेंगलुरु नजिक सडक दुर्घटनामा परेका थिए । जसका कारण उनलाई निक्कै चोट लागेको थियो । उपचारको दौरानमा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन् ।
विजयको उपचारमा सहभागी डाक्टरले उनको ब्रेन डेड भएको घोषणा गरेका छन् । परिवारले भने उनका अंगदान गर्ने निर्णय लिएको हो । विजयका भाइ सिद्धेशले भने– ‘विजयको दिमागले काम गर्न छोडेको थियो । त्यसैले हामीले उनको अंगदान गर्ने निर्णय लिएका छौ । विजय हमेसा समाजको सेवामा बिश्वास समेत राख्दथे ।’
विजयको शनिबार ११ :४५ बजे रोड एक्सिडेन्ट भएको थियो । उनी मोटरसाइकलको पछाडि बसेका थिए । सडक हिलो भएका कारण मोटरबाइक चिप्लिएको थियो । उनको टाउकोमा निक्कै ठुलो चोट लागेको छ । जसको कारण उनको तुरुन्त ब्रेन सर्जरी समेत गरिएको थियो ।
विजय लकडाउनमा मानिसको मद्दत गर्न अगाडि रहन्थे । विजयले २०१५ मा रिलिज फिल्म ‘नानु अवानल्ला आवलु’ बाट आफ्नो पहिचान बनाएका थिए । यो फिल्म अभिनयका कारण उनले राष्ट्रिय अवार्ड समेत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा