शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकमा जेनेटिक ल्याबसहितको आइभीएफ सेन्टर संचालनमा आउँदै

सोमबार, ३१ जेठ २०७८, १८ : ४९
सोमबार, ३१ जेठ २०७८

काठमाडौं । थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलले असार २८ गतेदेखि अत्याधुनिक सुविधा तथा प्रविधि सहित नेपालमै पहिलो जेनेटिक ल्याब सहितको आइभीएफ एन्ड फर्टिलिटी सेन्टर संचालनमा ल्याउने भएको छ विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आइभीएफ एन्ड फर्टिलिटी सेन्टर संचालन हुन लागेको हो । 

चर्चित बरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभीएफ एन्ड फर्टिलिटी सेन्टरबाट सेवा प्रवाह गर्नेछ । डा. शर्माका अनुसार नर्भिक अस्पतालको आइभीएफ एन्ड फर्टिलिटी सेन्टर नेपालका अस्पतालहरु मध्येकै अत्याधुनिक एवम् सुविधायुक्त हुनेछ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिने तयारी अन्तिम चरणमा पुगेको डा. शर्माले जानकारी दिइन् ।

यो सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवा सहितको ल्याब समेत संचालन हुनेछ । नेपालमा हालसम्म कुनै पनि आइभीएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा उपलब्ध नभएको र नर्भिकले प्रि–जेनेटिक डाइग्नोसिस मार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने प्रविधि ल्याएको डा. शर्माले बताइन् । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्ने पनि उनको भनाइ छ ।

डा. शर्माले विगत १५ वर्षदेखि काठमाडौंका विभिन्न अस्पतालसँग आवद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौं बिरामीलाई सेवा दिइसकेकी छन् । नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्रीरोग, प्रसूति सेवाका साथै नि:सन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप