फिल्म छायाँकार प्रधानको निधन
सोमबार, ३१ जेठ २०७८, १५ : ४१
फिल्म छायाँकार रामशंकर प्रधानको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित प्रधानको आइतबार राती वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । ७२ वर्षका प्रधानको मृगौला समस्याका कारण लामो समयदेखि डायलासिस हुँदै आएका थियो ।
‘त्रिनेत्र’, ‘अजम्बरी नाता’, ‘चलचित्र’, ‘फेरि तिम्रो याद आयो’ ‘पर्खी बसेँ, ‘सुन्दर मेरो नाम’, ‘लगनगाँठो’, ‘रगत’ लगायत दर्जनौं नेपाली फिल्म छायाँकन गरेको प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा