बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलालीमा एक हप्ताका लागि थपियो निषेधाज्ञा

सोमबार, ३१ जेठ २०७८, १५ : ३२
सोमबार, ३१ जेठ २०७८

कैलालीमा जारी निषेधाज्ञाको समयावधि एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशाशन कार्यालय कैलालीले निषेधाज्ञाको समयावधि असार ७ गते सम्मका लागि थप गरेको हो ।
तत्काल निषेधाज्ञा खोल्न उचित नहुने भन्दै निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए । निषेधाज्ञा अवधिभर बिहान ६ देखि ११ बजेसम्म खाध्यान्न,तरकारी, दुग्ध डेरी मासु पसल, किराना पसल, डिपार्टमेन्टले स्टोर खोल्न पाउने जनाइएको छ । त्यस्तै बैंकका सेवाहरु बिहान ८ देखि १२ बजेसम्म सञ्चालन हुने प्रशासनले जानकारी दिएको छ ।

त्यसैगरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म वर्कशप पनि खोल्न पाइने भएको छ । वर्कशपमा बढीमा ३ जना कामदार राखेर काम गर्न पाइने जनाइएको छ । त्यस्तै बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म होटल तथा रेष्टुरेन्टले पनि होम डेलिभरी गर्न पाइने सूचना अधिकारी जोशीले बताए । उनले पाठ्यपुस्तक तथा स्टेशनरीका सामान, उद्योगधन्दा तथा कलकारखानामा प्रयोग हुने कच्चा पदार्थ बोकेका सवारी साधन चलाउन पाउने समेत बताए ।

 कैलालीमा निषेधाज्ञा थपिएको यो ८ औं पटक हो । यसअघि बैशाख १६ देखि २२, २३ देखि बैशाख मसान्तसम्म, जेठ १ देखि ६, ७ देखि १३ र १४ देखि २१, २२ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप