बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

परिवार योजना सम्बन्धि ‘मेरी संगिनी’ एप संचालन, एपमार्फत लिन सकिन्छ यस्ता सेवाहरु

सोमबार, ३१ जेठ २०७८, १४ : ४९
सोमबार, ३१ जेठ २०७८

काठमाडौं । नेपाल सीआरएस कम्पनीले परिवार योजना सम्बन्धि ‘मेरी संगिनी’ नामक मोबाइल एप शरु गरेको छ ।अस्थाई र छोटो अवधिका परिवार योजनाका साधनहरुको बारे बिस्तृत जानकारी दिने उद्देस्यले ‘मेरी संगिनी’ मोबाइल एप शुरु गरिएको कम्पनीले जनाएको छ। 

मेरी संगिनीबाट प्रदान गरिएको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधनहरु सम्बन्धि  तथा सो साधनको प्रयोगबाट पर्न जाने  साधारण असरहरुको समेत जानकारी प्रजनन उमेरको जो कोहीलाई अति उपयोगी हुने भएता पनि बिशेष गरि किशोर तथा किशोरी एबम् नव विवाहित जोडीहरूलाई अत्यन्त उपयोगी रहने नेपाल सीआरएस कम्पनीले जानकारी दिएको छ।

एपमा भएको ‘प्राय सोधिने प्रश्नहरु’खण्डले परिवार योजनाका अस्थाई तथा छोटो अवधिका साधन प्रयोगकर्ताहरूलाई अझ विस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्ताहरूलाई साधनहरुको सुसूचित छनौट गर्न मद्दत गर्नेछ। 

साथै एपमा आफु नजिकैको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने  औषधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्शा पनि उपलब्ध हुने हुँदा आफु नजिकैको तालिम प्राप्त र दक्ष सेवा केन्द्रबाट आफुलाई उपयुक्त हुने साधनको  सेवा समेत लिन मद्दत गर्ने छ। 

परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले परिवार योजनाका साधनहरुको पहुँच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र मेरी संगिनी एपले उपभोक्ताहरुलाई अस्थाई गर्व निरोधक साधनबारे सुसूचित छनौट गर्न   सहयोग पुर्याउने बताए ।

साथै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक डा. राधिका थपलियाले यो एपले परिवार योजना र यस सम्बन्धि  विषयमा विस्तृत जानकारी सजिलोसँग हासिल गर्न मद्दत हुने कुरा ब्यक्त गर्नु भएको छ । 

नेपाल सीआरएस कम्पनीका प्रबन्ध निर्देशक जिबलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठूलो भुमिका रहेको र प्रयोगकर्ता माझ सहि र अद्यावधिक सूचनाको पहुँच बढाउनमा संचार प्रविधिको ठूलो महत्व रहेको बताउनु भयो । साथै यस एप मार्फत प्रयोगकर्तालाई सेवा प्रदायकसँग सजिलै जोड्न सक्ने सम्भावना भएको हुँदा सेवाग्राहीलाई सेवाको पहुँच बढाई परिवार योजना  सेवाको परिवर्तित माग घटाउन समेत मद्दत पुग्ने जनाएका छन् । 

मेरी संगिनी एप, यु.एस.ए.आई.डी.को आर्थिक एवं सप्स प्लसको प्राबिधिक सहयोगका तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको समन्वयमा नेपाल सीआरएस कम्पनीद्वारा निर्माण गरिएको हो।

नेपाल सीआरएस कम्पनीले  सामाजिक बजारीकरणको सिद्धान्त अनुसार बिगत  चार दशक भन्दा अघिदेखि  परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरुको बिक्री वितरण तथा व्यवहार परिबर्तन सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ।  

यस कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ ओटै जिल्लामा उपलब्ध छन् । नेपाल  सीआरएसद्वारा वितरित  गरिएका केहि प्रतिष्ठित ब्रान्ड ढाल, प्यान्थर, संगिनी तिन महिने सुर्इ, निलोकन व्हायिट, सुनौलो गुलाफ, नव जीवन तथा आकस्मिक गर्भ निरोधक चक्की ईकोन आदि रहेका छन्।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप