शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामूहिक गौ पूजन सम्पन्न

बिहीबार, ०२ कात्तिक २०७४, १४ : २१
बिहीबार, ०२ कात्तिक २०७४

चितवन -भरतपुरको वागीश्वरीमा आज सामूहिक गौ पूजन गरिएको छ । 

लक्ष्मी पूजा तथा गोवद्र्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गरिएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले गाईको पूजा गरी गौ पूजनको शुरुवात गर्नुभएको थियो । 

सो केन्द्रमा हाल १६० वटा स्थानीय गाई रहेका छन् । गौ पूजनका लागि स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो । केन्द्रका अध्यक्ष एवं देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गाईलाई खाना दिई गोवद्र्धनको पूजा गरिएको थियो । सो अवसरमा बोल्दै समाजसेवी श्रेष्ठले आफ्नो परम्पराको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । 

धर्म संस्कृतिले मानिसलाई नैतिकतामा राख्ने भएकाले यसको छुट्टै विशेषता रहेको उहाँले बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह, भरतपुर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, गैरआवासीय नेपाली संघका सह–कोषाध्यक्ष सोमनाथ सापकोटालगायतले बोल्नुभएको थियो । 

पवित्र तीर्थस्थल देवघाटको प्रवेश मार्गमा वागीश्वरी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप