शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुशान्तसँगको यात्राबारे भिडियो पोस्ट गर्दै अंकिताले भनिन्, ‘फेरि भेटौंला’

सोमबार, ३१ जेठ २०७८, १४ : ३१
सोमबार, ३१ जेठ २०७८

बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखन्डेले पहिलो पुण्यतिथिमा आफ्ना पूर्व प्रेमीलाई सम्झिएकी छिन् । अंकिताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुशान्तसँगका आफ्ना फोटो राखेर एउटा भिडियो बनाएकी छिन् ।

सुशान्त अघिल्लो वर्ष आजकै दिन मुम्बईको बान्द्रास्थित उनको निवासमा मृत भेटिएका थिए । अंकिता र सुशान्त ६ वर्षभन्दा बढी सम्बन्धमा थिए र उनीहरु भारतीय टेलिभिजनका अत्यधिक रुचाइएका जोडीमध्येका एक हुन् । यी दुई पवित्र रिश्ताको सुटिङका क्रममा प्रेम सम्बन्धमा बाँधिएका थिए । तर सन् २०१६ मा उनीहरु आफू अलग्गिएको घोषणा गरे ।

यद्यपि, सुशान्तको मृत्युपश्चात् अंकिताले अभिनेताको परिवारलाई अत्यधिक समर्थिन गरिन् । सुशान्तको पहिलो पुण्यतीथिको अवसरमा अंकिताले अभिनेतासँगको सम्बन्धमा रहेका बेला खिचेका अनेकौं तस्बिर र सम्झनालाई एक भिडियोको रुप दिएकी छिन् ।

अंकिताले यो भिडियो पोस्ट गर्दा क्याप्सन लेखिन्, ‘१४ जून । यो हाम्रो यात्रा थियो । फिर मिलेंगे चल्ते चल्ते ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप